आज :

भाइटीकाको दिन एकाबिहानै दुःखद् खबर, २ जना दाजुभाइको मृत्यु, यसरी घट्यो घटना

  • अनलाइन डबली

उदयपुर । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यहि भाइटीकाको दिन बिहानै रोल्पा र उदयपुरबाट दुखद खबर आएको छ । रोल्पामा जिप दुर्घटना हुँदा दाजुभाइसहित तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्रनजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले जानकारी दिए।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, उनका दाजु सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिकाका निवासी ५० वर्षीया फाम्सी केसी रहेको डिएसपी घिमिरेले बताए।

रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जिप दुर्घटनाग्रस्त भएको थियो। प्रहरीका अनुसार ब्रेकले काम नगर्दा दुर्घटना भएको र जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। दुर्घटनामा परेर १२ जना घाइते भएका छन्।

घाइते हुनेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका– २ खुँग्रीकी ५४ वर्षीय चन्द्रचमन सिंह, ३८ वर्षीया दीपा ठकुरी, १४ वर्षीया नीतु सिंह, ३१ वर्षीया निलम सिंह, १० वर्षीया आस्था थापा, ७ वर्षीया स्वस्तिका थापा, सुनिलस्मृति– ३ मिझिङका ४८ वर्षीय जितबहादुर विष्ट (गाडी चालक), सोही ठाउँकी २४ वर्षीया मेनुका विष्ट, ४२ वर्षीया कुशुमा विष्ट छन्।

त्यस्तै दाङ तुलसीपुर उपमहानगपालिका-१५ डुरुवाकी ४० वर्षीया ईश्वरी थापा, तुलसीपुर– ६ की ४५ वर्षीया भगवती रिजाल, दाङ घोराही उपमहानगरपालिका- ६ की ५० वर्षीया निर्मला शर्मा दुर्घटनामा परी घाइते भएका छन्।

घाइते सबैलाई रोल्पामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको डिएसपी घिमिरेले बताए। उता उदयपुरका दुईवटा स्थानमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुई जना दाजुभाइको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार नगरपालिका–१ स्थित श्रवनचोकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही स्थान बस्ने ३७ वर्षीय धनबहादुर तामाङको मृत्यु भएको छ ।

बेलकाबाट सप्तरीतर्फ जाँदै गरेको प्रदेश१–०२–०४६प ४५३५ नंको मोटरसाइएकलमा सवार तामाङ तीव्रगतिमा मोटरसाइकल चलाएका कारण अनियन्त्रित भई दुर्घटना हुँदा उपचारका लागि तत्काल सप्तरी कञ्चनपुरस्थित स्वास्थ्यचौकीमा लगेर उपचार गर्ने क्रममा गए राति नै तामाङको मृत्यु भएको कुरा जिल्ला प्रहरीले बताएको छ ।

यता मङ्गलबार साँझ नै जिल्लाको कटारी नगरपालिका–११ बेतिनी बजारबाट गहुँबारीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही स्थान बस्ने २४ वर्षीय यम्बरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल पछाडि बस्ने २१ वर्षीया इन्दिरा कार्की घाइते भएको प्रहरीले बताएको छ ।

लु८८प १८५६ नंको अनटेस्ट मोटरसाइकल चलाएर बेतिनीबाट गहुँबारी जाँदै गरेका श्रेष्ठ मङ्गलबार राति ८ बजे गहुँबारीमा मोटरसाइकलमा दुर्घटनामा पर्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal