आज :

युक्रेनले ‘डर्टी बम’ प्रयोग गरेपछि रुसले पनि गर्यो परमाणु अभ्यास, आणविक युद्धको खतरा बढ्यो

  • अनलाइन डबली

काठमाडौं । युक्रेनी सेनाले ‘डर्टी बम’ प्रयोग गरेपछि रुसले पनि गर्यो परमाणु अभ्यास सुरु गरेक छ । युक्रेनले रुसी सेनामाथि रेडियोधर्मी पदार्थहरू समावेश गरी बनाइएको डर्टी बम प्रयोग गरेसँगै रुसले पनि परमाणु अभ्यास गरेको हो । केही दिन पहिले मात्रै रुसी रक्षा मन्त्रालयले युक्रेनले घातक मानिएको डर्टी बम प्रयोग गरेको बताएको थियो ।

तर, रुसले यो अभ्यास आफ्नो आणविक बलको वार्षिक अभ्यास भएको बताएको छ । उक्त अभ्यासको राष्ट्रपति भ्लादिमिर पुटिनले समेत निरीक्षण गरेका छन् । अभ्यासको क्रममा रुसको आणविक बलले ब्यालिस्टिक र क्रूज मिसाइलहरू सुदूर पूर्व र आर्कटिकमा प्रक्षेपण गरेको रुसी संचारमाध्यमहरुले बताएका छन् । न्यू स्टार्ट आर्म ट्रीटी अन्तर्गत अमेरिकालाई यो अभ्यासबारे जानकारी दिइएको थियो।

डर्टी बम एक प्रकारको परमाणु हतियार भएको रक्षाविज्ञ बताउँछन् । यसमा परम्परागत विस्फोटकहरू बाहेक रेडियोधर्मी पदार्थहरू समावेश हुन्छन्।

यसैबीच रुसको परमाणु अभ्यासकै बीच अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले परमाणु हतियार प्रयोग गरे ठूलो गल्ती हुने बताएका छन् । अमेरिकी जल सेनाले रुससँग युद्ध लड्न तयार रहेको बताएको छ । यूरोपको समुन्द्रमा अमेरिकी सेनाले अभ्यास गरिरहेको छ । यसमा नेटो पनि सहभागी भएको छ ।

अमेरिका र नेटोले युक्रेनलाई डर्टी बम दिएको र पछिल्लो सैन्य अभ्यासले रुसलाई उत्तेजित पारिरहेको भारतीय रक्षाविज्ञले बताएका छन् । यदि परमाणु युद्ध भए यसको जिम्मेवार अमेरिका हुनुपर्ने उनीहरुले बताएका छन् । युक्रेनमा परमाणु हमला रुसका कारण नभएर अमेरिका र नेटोको कारण हुने बताइएको छ ।

जनमतसंग्रहमा सतप्रतिशत स्थानीयले रुससँग गाभिने पक्षमा मतदान गरेपछि रुसले पूर्वी चार क्षेत्र गाभेको घोषणा गरेको थियो । घोषणासँगै पुटिनले औपचारिक रुपमा युक्रेनलाई वार्ताको लागि आह्वान गरेका थिए । पुटिनको आह्वानलाई कमजोरीको रुपमा लिँदै युक्रेनले अमेरिकाले दिएका हतिायरद्वारा क्रिमिया पुलमा हमला गर्यो ।

क्रिमिया पुलमा हमलाले रुसमाथि कै हमला भएको बताउँलै रुसी सेनाले त्यसको कडा जवाफ दिएको थियो । एकै दिन एक सय भन्दा धेरै शक्तिशाली मिसाइल युक्रेनका १२ सहरमा हमला गरेर रुसी सेनाले जवाफ दिएको थियो । रुसले शान्ति वार्ताको कुरा गरिरहेको बेला युक्रेनले क्रिमिया पुलमा हमला गरेर त्यसलाई अस्वीकार गरेको थियो । रुसले पनि त्यसको जावाफ दिइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal