आज :

नाम्खा र लिमी संस्कृतिको प्रदर्शन, हुम्ली नीति निर्माणमा पुग्नै पर्छ: उपकुलपति रावल

  • अनलाइन डबली

काठमाडौं । अपर हुम्लाका युवाहरुले त्यहाँका युवाहरुको सवाल तथा कला–संस्कृतिको पहिचान र जगेर्नाको नीम्ति मंगलबार राजधानीमा कार्यक्रमको आयोजना गरेका छन्, सो कार्यक्रममा बोल्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले हुम्ली नै राज्यको नीति निर्माणको तहमा पुग्दा मात्रै हुम्लीको न्याय हुने बताए ।

सो कार्यक्रमका प्रमुख अतिथि डा.रावलले अझैपनि यो देशमा दुई वटा देश भएको र हुम्ला र हुम्लीले अझै पनि दोस्रो राज्य र नागरिकको दर्जामा रहनु परेको कटू सत्य भएको धारणा राखे । उनले अब हरेक क्षेत्रमा हुम्ली अग्रसर नभएसम्म हुम्लाले वास्तविक न्याय नपाउने जिकिर गर्दै भने,“जबसम्म हामी राज्यका हरेक पोलिसी निर्माणको तहमा पुग्दैनांै तबसम्म राज्यले राम्रोसँग हाम्रा आवाज सुन्ने छैन, त्यसकारण हुम्लाको वास्तविक पहिचानको लागि मेहनत गर्न जरुरी छ ।”

आफूले विभिन्न अवसरहरु प्राप्त गरेपनि हुम्ला र कर्णालीका लागि केही गर्ने भनेर दत्तचित्त भएर लागेको र आगामी युवाहरुले पनि अब हुम्ला र कर्णालीको लागि क्षमता प्रदर्शन गर्न आग्रह गरे । नाम्खा र लिमिको कला तथा संस्कृति प्रदर्शन गर्ने युवायुवतिहरुलाई धन्यवाद दिँदै आफू जहाँ भएपनि आफ्नो पहिचानलाई जर्गेना गर्नुपर्ने बताए ।

त्यसैगरी, आधार नेपालका कन्ट्री डाइरेक्टर प्रल्हाद ढकालले आफूहरुले हुम्लासँग काम गरेको २५ वर्ष पुगेको बताउँदै हुम्लालाई बाहिरकाले जे दृष्टिले देखेपनि हुम्ला हरेक हिसाबले अपार सम्भावना बोकेको जिल्ला भएको बताए । आफूहरुले ३ सय १० जना विद्यार्थीहरुलाई स्कलरसिप दिएर पढाएको बताउँदै उनिहरु मध्ये कतिपय राज्यका विभिन्न निकायमा पुगिसकेको र अरु पनि केही वर्षमा देश र समाजको राम्रो स्थानमा पुगेर हुम्लाको सेवा गर्ने विश्वास रहेको बताए । आधार नेपालको अबको लक्ष्य पुरै हुम्ला हुँदै कर्णालीका युवाहरुलाई शिक्षामा सहयोग गर्ने भएको धारणा राखे ।

सो कार्यक्रममा हालै पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेस्रो हुँदै कास्यपदक जित्न सफल हुम्ला जिल्ला सर्केगाड गाउँपालिका १ जैरकी प्रमिला बुमीलाई प्रमुख अतिथिबाट खादा लगाएर अभिनन्दन गरिएको थियो । कार्यक्रममा नाम्खा विद्यार्थी युवा समाजका अध्यक्ष तेन्जिन जिन्दुप लामाले अपर हुम्लाको युवाहरुको बारेमा पावर प्वाईन्ट प्रस्तुत गरी त्यहाँको अवस्था बारे जानकारी गरेका थिए । अध्यक्ष लामाले नाम्खामा राम्रो शिक्षा नहुनु, विदेश पलायनता, अभिभावकमा उज्वल भविष्य बारे सहि बाटो देखाउने क्षमताको कमि लगायतका समस्या रहेका बताए । त्यहाँका अभिभावकमा छोटो पढाई र छिट्टो कमाई गर्ने सोचले बालबच्चाहरुको भविष्य समस्यामा परेको बताए ।

सो कार्यक्रममा ८ वटा नृत्य, एउटा फेसन सो, तीन वटा पावर पोइन्ट प्रस्तुत र एउटा नाटक प्रस्तुत गरिएको थियो । निन्बा युवाको प्रतिनिधित्व गर्दै साङ्के तेन्जिन लामाले पढेर गएका युवाहरु पुनःहुम्लाको समाजमा समाहित हुन र आफ्नो उज्वल भविष्यको वातावरण नभएको बताए । त्यसका लागि त्यहाँको समाज र वातावरण अनुुसारको व्यवहारिक शिक्षाको खाँचो रहेको बताए । लिमी युवा संघका कोषाध्यक्ष सोनाम दोर्जी लामाले युवाहरु विदेश पलायन अर्थात उनिहरुको पहिलो रोजाई नै विदेश जाने पैसा कमाउने किन भन्ने प्रश्नको उत्तर राज्यले खोजेर त्यही व्यवहार हुम्लालाई गर्नु पर्ने बताए ।

सो कार्यक्रममा हिमाली समाजका कार्यकारी निर्देशक धनबहादुर लामा, नाम्खा युवा समाजका संस्थापक तथा हिमाली संस्कृति तथा पर्यटन अध्यक्षता यूबराज लामा, हिमालयन चिल्ड्रेन सोसाइटीका कार्यकारी निर्देशक कुमार लामा, हुम्ला समाजका अध्यक्ष छविलाल तामाङ, लिमिसमाजका अध्यक्ष याङ्जोर लामा, हुम्ला आमा समुहकी अध्यक्ष छेवाङ लामा, नाम्खा खुम्जुङ गुम्बाका म्यानेजर जिङ्मे लामा, आधार नेपालकी पेमा राम्ला लामाको उपस्थिती रहेको सो कार्यक्रमको सभाअध्यक्षता नाम्खा युवा क्लबका अध्यक्ष झिण्डु लामाले गरेका थिए भने कार्यक्रमको सञ्चालन छिमी जाङ्मु लामाले गरेकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal