आज :

सुनक औपचारिक रुपमा बेलायतको नयाँ प्रधानमन्त्री बने, युक्रेनबारे जोनसन र ट्रसको लाइनमा नजाने !

  • अनलाइन डबली

काठमाडौं । भारतीय मुलका ऋषि सुनक औपचारिक रुपमा बेलायतका प्रधानमन्त्री बनेका छन् । उनले मंगलबार राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा बेलायतका नयाँ प्रधानमन्त्री बनेका हुन् । राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक बेलायतका ५७ औँ प्रधानमन्त्री बनेका छन् ।

सुनक बेलायतका पहिलो ब्रिटिश-एशियाली प्रधानमन्त्री बनेका छन् । उनी यस वर्ष त्यहाँ बनेका तेस्रो प्रधानमन्त्री हुन्। दुई शताब्दीको अवधिमा ४२ वर्षीय उनी सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा डाउनिङ स्ट्रीट प्रवेश गरेका छन्। सनकले डाउनिङ स्ट्रीटबाट देशका नाममा सम्बोधन गर्दै उनले आफ्ना पूर्ववर्तीले गरेका केही गल्तीहरू सुधार्ने काम तत्काल सुरु हुने बताएका छन्।  उनले भने, “हाल हाम्रो देशले गम्भीर आर्थिक सङ्कट सामना गरिरहेको छ।”

यो संकट युक्रेन घटनाबारे यसअघि लिइएको लाइन पनि रहेको बताइएको छ । सनकले जोनसन र ट्रसले आफ्नो देशको हितमा भन्दा पनि अमेरिकाको स्वार्थमा युक्रेन र रुसबारे गलत नीति लिएको सनकले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । तर सनकले बोरिस जोनसनले प्रधानमन्त्रीका रूपमा हासिल गरेका अभूतपूर्व उपलब्धिहरू प्राप्त गरेको समेत बताए । सनकले बेलायतमा यसअघि देखिएको राजनीतिक र आर्थिक भद्रगोलपछि उनी स्थिरताको वाचासहित पद सम्हाल्न लागेका छन् ।

जनसनले रुसले युक्रेनमाथि सैन्य कारवाहीको फ्रन्टलाइनमा रहेर विरोध गर्दै दुई पटक किभ पुगेर सहयोग बढाउँदै आएकै कारण आन्तरिक र बाह्य रुपमा राजनीतिक दवाव बढेको थियो । उनले त्यसलाई बेवास्ता गर्दै सैन्य अस्त्र पठाएका थिए । त्यसले देशको अर्थतन्त्र चौपटको दिशातिर अघि बढ‍ाएको थियो ।

पार्टीका नेतासँगै क्याविनेटका मन्त्रीले जोनसनको लिएको नीतिको विरोध गर्दै राजिनामा दिएका थिए । त्यसपछि जोनसनले पनि राजिनामा दिन बाध्य भएका थिए । जोनसनले युक्रेनमा भएको आर्थिक क्षतिलाई पूर्ती गर्न सेवा तथा बस्तुमाथि थप कर लगाएका थिए । त्यहीबाट उनको विरोध भएको थियो ।

जोनसनको राजिनामासँगै नयाँ प्रधानमन्त्रीमा लिज ट्रस आइन् । उनले पनि जोनसनकै लाइन लिइन् । ट्रसले सिमित धनाढ्यलाई फाइदा र युक्रेनलाई दिने भनिएको सैन्य सहयोग जारी राख्ने गरी बजेट ल्याएपछि पार्टीभित्रैबाट राजिनामाको माग उठ्यो । आफू कमाण्डर भएकोले राजिनामा नदिने बताएकी ट्रसले गृहमन्त्रीले राजिनामा दिएपछि भने चौतर्फी दवाव परिन् । अन्तततः ४५ दिनमै राजिनामा दिन बाध्य भइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal