आज :

नेपाली सेनाले २ घण्टापछि यसरी डिस्पोज गर्यो प्रचण्डको गृहजिल्लामा भेटिएको ‘बम’

  • अनलाइन डबली

भरतपुर । प्रचण्डको गृहजिल्ला भरतपुरमा भेटिएको शंकास्पद वस्तु ‘बम’ सेनाले निष्क्रिय पारेकाे छ ।

भरतपुरको नयाँ मेडिकल कलेज अगाडि करिब २ बजेर ४० मिनेटतिर देखिएको उक्त शंकास्पद वस्तुलाई सेनाको टोलीले ४ बजेर ४५ मिनेटमा निष्क्रिय पारेको हो ।

एक जनाले स्कुटरमा आएर छाडेको उक्त शंकास्पद वस्तुलाई भरतपुर ब्यारेकको सेनाको टाेलीले निष्क्रिय पारेको चितवनका प्रमुख जिल्ला अधिकारी असमान तमाङले बताए ।

सेनाले डिस्पोज गर्दा उक्त वस्तु बम नभएको पाइएको छ । बमको आशंका गरिएको उक्त वस्तु तर्साउने मनसायले राखिएको पाइएको उनले बताए ।

पूर्व–पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले दुईतर्फी नै सवारी साधन रोकेर उक्त वस्तु डिस्पोज गर्ने काम थालेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal