आज :

सबैले लक्ष्मी पूजा गरिरहेकै साँझ नेपालीहरुका लागि आयो यस्तो खुसीको खबर

  • अनलाइन डबली

काठमाडौं । यस वर्ष लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग (पिक डिमाण्ड) १ हजार ३ सय मेगावाट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मी पूजाका दिन पिक देशभित्रको डिमाण्ड १४०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरेको थियो ।

तर, प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ करिब ६ः१० बजे ‘पिक डिमाण्ड’ १ हजार ३०५ मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १ हजार २७० मेगावाट थियो ।

गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड ३५ मेगावाट बढी हो । विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा यसवर्ष आन्तरिक उत्पादनले लक्ष्मीपूजाको ‘पिक लोड’ धानेको छ ।

लक्ष्मीपूजाको साँझ हामी सबै नेपालीहरुका लागि अझ खुशीको कुरा त के हो भने खपत हुन नसकेको बिजुली भारत समेत निर्यात भएको छ भने २०० मेगावाट बराबरको बिजुली खपत हुन नसकेर खेर समेत गएको छ ।

लक्ष्मीपूजाको साँझमा ‘पिक’ समयमै प्राधिकरणले ३८० मेगावाट विद्युत भारत निर्यात गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी खुसीको खबर सुनाए ।

लक्ष्मीपूजाको पिक लोडकै अवस्थामा पनि आयात शून्यमा झरेको छ । चालु आर्थिक वर्षको अहिलेसम्मको देशभित्रको पिक डिमाण्ड १७ सय मेगावाटभन्दा मेगावाट रेकर्ड गरिएको छ ।

‘पहिले लक्ष्मीपूजाका दिन नै बिजुलीको व्यवस्थापन सबैभन्दा बढी चुनौतीपूर्ण हुन्थ्यो,’ घिसिङले भने,’अहिले लक्ष्मीपूजाका आउने डिमान्ड खासै ठूलो छैन, यस दिन उद्योगहरु नचल्ने भएकाले हामीले बिजुली नियमित दरमै निर्यात समेत गर्नसक्यौं ।’

सोमबार कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोलीले स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी समेत लिएको थियो ।

यस वर्षमा लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको प्राधिकरणले बताएको छ । घिसिङले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग जति सकिन्छ बढी बत्ती बाल्न र बिजुली खपत गर्न उपभोक्ताहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal