आज :

लक्ष्मी पूजा चलिरहेको बेला काठमाडौंको लोलाङस्थित जुत्ता उद्योगमा कसरी लाग्यो आगो ?

  • अनलाइन डबली

काठमाडौं । लक्ष्मी पूजा चलिरहेको बेला काठमाडौंमा भिषण आगलागी भएको छ । सोमबार साँझ काठमाडौं झिलिमिली भइरहेको बेला काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योग भएको एक घरमा आगलागी भएको हो । प्रहरीका अनुसार आगलागीले जुत्ता कारखानासँगै रहेको रेष्टुरेन्ट र मोटरसाइकल वर्कसप पनि आगो लागेको छ ।

सोमबार साँझ पौने ७ बजे  आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको थियो । आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेनालगायत विभिन्न निकायको दमकल प्रयोग गरिएको थियो । आगो अहिले नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ ।

दुवै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर घाइते थिए । गम्भीर घाइते मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा लक्ष्मी पूजामा सरिक भएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार देउवाले परिवारसँग लक्ष्मी पूजा गरेका हुन् ।

प्रधानमन्त्री पत्नी डा.आरजु देउवाले बालुवाटारमा पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरेकी छन् । तस्बिरमा प्रधानमन्त्री देउवा, आरजु र उनका छोरा लक्ष्मी पूजा गरिरहेका देखिन्छन् ।

स्थानीय प्रशासनले ९ बजेपछि देउसी भैली खेल्न रोक लगाएसँगै काठमाडौं झिलिमिली तर सुनसान भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले जतिसक्यो धेरै विजुली बाल्न अपील समेत गरेका थिए । कुनै बेला लक्ष्मी पूजाको दिन पनि अन्धकार हुने काठमाडौं अहिले भने झिलिमिली भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal