आज :

यस्तो छ तेस्रो पटक चीन हाक्ने सी जिनपिङको नयाँ टीम, क-कसलाई बनाए स्थायी समिति सदस्य ?

  • अनलाइन डबली

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को शनिबार सकिएको २०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिबाट चुनिएको सर्वोच्च नेता तथा पार्टी महासचिव सी जिनपिङको नयाँ कोर टीम आइतबार सार्वजनिक भएको छ ।

पार्टीको केन्द्रीय समितिबाट चयन हुने सात जनाको उक्त पोलिटब्यूरो स्थायी समितिमा नयाँ चार नेता थपिएका छन् ।

आइतबार सार्वजनिक भएको सीको उक्त टीमबाट अब देशका प्रधानमन्त्री र राष्ट्रिय जनकांग्रेसका अध्यक्ष समेत परिवर्तन हुनेछन् । आगामी मार्चमा पविर्तन हुने उल्लेखित पदहरूमा अब को रहनेछ भन्ने पूर्वानुमान गर्न सकिने भएको छ ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेको नयाँ पोलिटब्यूरो स्थायी समितिमा महासचिव सी जिनपिङ (६९), ली चियाङ (६३), चाओ लेची (६५), वाङ हुनिङ (६७), काइ ची (६६), तिङ सुइसियाङ (६०) र ली सी (६६) छन् ।

यसअघि १९औं राष्ट्रिय महाधिवेशनको वरीयता र अहिलेको वरीयतालाई तुलना गरेर नयाँ सरकारका पदाधिकारीहरूको अनुमान गर्न सकिन्छ । जस अनुसार अब ली चियाङ चीनका प्रधानमन्त्री हुनेछन् छन् भने तेस्रो स्थानका चाओ लेची राष्ट्रिय जनकंग्रेस अर्थात् संसदको अध्यक्ष हुनेछन् ।

त्यस्तै काइ ची पार्टी सचिवालयको प्रथम सेक्रेटरी र वाङ हुनिङले सल्लाहकार समिति अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । ली सी भ्रष्टाचारविरोधी केन्द्रीय आयोग र अनुशासन आयोग प्रमुखको जिम्मेवारीमा रहनेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal