आज :

काठमाडौँ क्ष्रेत्र न.९ मा चुनावी प्रचारमा तिब्रता, निर्वाचन परिचालन समिति गठन

  • अनलाइन डबली

काठमाडौं । काठमाडौँ क्ष्रेत्र न.९ मा वाम- लोकतान्त्रिक गठबन्धनले चुनावी प्रचारमा तीब्रता दिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनमा आफ्नो उम्मेदवारहरुलाई बिजयी गराउने उद्देश्यअनुरुप निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ ।

निर्वाचन क्षेत्र नं.९ अन्तर्गत नागार्जुन नगरपालिका वडा न. ८ मा आज लोकतान्त्रिक वाम गठबन्धनको वडा स्तरिय निर्वाचन परिचालन समिति गठन भएको छ । यो क्षेत्रमा पहिलो पटक वडा स्तरीय निर्वाचन परिचालन समिति निर्माण भएको हो भने यस कार्यलाई सबै वडासम्म पुर्याइने छ ।

नेपाली कांग्रेसका वडा सभापति रामहरि मरहट्ठाको अध्यक्षतामा आज सम्पन्न भेलाले उनको सयोजकत्वमा १०१ सदस्य वडा निर्वाचन परिचालन समिति गठन गरेको हो । उक्त कार्यक्रममा माओवादी केन्द्रकी नेतृ एवम् क्षेत्र नं. ९ बाट गठबन्धनकी साझा उम्मेदवार कल्पना धमला, प्रदेश (ख) का उम्मेदवार श्यामकृष्ण खड्का, समानुपातिक उम्मेवारहरु किरण गिरि र देवकि पौडेललगायतको उपस्थिति रहेको थियो ।

उम्मेदवारहरुले संविधानको रक्षा, सुशासन र विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन आवश्यक रहेको भन्दै गठबन्धनको पक्षमा मतदान गर्न आम मतदाताहरुलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नं. ९ का सभापति जयकृष्ण महर्जन र नेकपा (एकिकृत समाजवादी) का क्षेत्रिय इन्चार्ज तोरण थापाले गठबन्धनको पक्षमा मतदान गर्न आम मतदाताहरुलाई अनुरोध गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal