आज :

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कति रुपैयाँमा हुँदैछ कारोबार ?

  • अनलाइन डबली

काठमाडौँ । कार्तिक महिना सुरु भएसंगै सुनको भु पनि ह्वात्तै घटेको छ । अघिल्लो महिना ९७ हजार पुगेको सुनको मूल्य अहिले घटेर ९२ हजारमा घटेको छ ।

आज साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले घट्दै ९२ हजार ५ सय रुपैयाँमा झरेको हो ।

अघिल्लो छापावाला सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै यता तेजावी सुनको मूल्य पनि आज तोलामा ६ सय रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal