आज :

यी हुन् ७४ वर्षीय दाई हिम बहादुर, जसले संगै हिडिरहेका आफ्नै ७० वर्षीय भाईलाई भीरबाट धकेलदिए..

  • अनलाइन डबली

बुटवल । अर्घाखाँचीमा एक वृद्धले भीरबाट धकेलेर आफ्नै भाइको हत्या गरेका छन् ।

भूमिकास्थान नगरपालिका १ खलाधाराको भीरबाट ७४ वर्षीय हिम बहादुर गमालले धकेलिदिंदा सोही ठाउँका ७० वर्षीय वीर बहादुर गमालको मृत्यु भएको हो । हिमबहादुर र वीरबहादुर सहोदर दाजुभाइ हुन् ।

हिम बहादुर गमालले कात्तिक २ गते बेलुकी अन्दाजी ७ बजे बाटोमा हिंड्दै गर्दा लेनदेको विवादपछि भीरबाट धकेलेका थिए । उनीहरु वडा नं ४ धापानीस्थित एक बैंकबाट बृद्ध भत्ता बुझेर फर्किरहेका थिए ।

अनुसन्धानका क्रममा दाजुभाइबीच लेनदेनको विषयमा विवाद भएको र दाजुले धकेलिदिंदा भीरबाट खसेर भाइको मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

भीरबाट लडेर मृत्यु भएका गमालको शव बिहीबार फेला परेको थियो ।

 

घटनामा दाजु हिम बहादुर दोषी पाइएपछि उनलाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक घिमिरेले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal