आज :

अदालतको अन्तरिम आदेशका बाबजुद महानगरबाट त्वाःछेँ भत्काउने प्रयास

  • अनलाइन डबली

कार्तिक ४ , काठमाडौं। अदालतको अन्तरिम आदेशका बाबजुद काठमाडौं महानगरपालिकाले आज काठमाडौं थायमदुस्थित त्वाःछेँ भवन भत्काउने प्रयास गरेको छ । आज दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष राजेश डंगोल स्वयम् उपस्थित भई त्वाःछेँ भवन भत्काउन आएका थिए । वडाध्यक्ष डंगोलले कामदारको टोली ल्याइ उक्त भवन भत्काउने प्रयास गरेका थिए ।
स्थानीयले अदालतको अन्तरिम आदेशको उल्लंघन गरी किन भवन भत्काउन खोजियो भनी प्रश्न गर्दा वडाध्यक्ष डंगोलले आफुलाई उक्त आदेशबारे कुनै जानकारी नभएको बताएका थिए । स्थानीय वासिन्दाले अदालतको आदेशको प्रतिलिपि वडाध्यक्ष डंगोललाई देखाएपछि केही बेर भवन भत्काउने काम रोकिएको थियो । तर एकैछिन पछि फेरी अदालतको आदेश वडा कार्यालयमा दाखिला नभएको र औपचारिक जानकारी नभएको भन्दै डंगोलले पुनः भवन भत्काउने काम सुरु गर्न लगाएका थिए । थायमदुका स्थानीय वासिन्दाले विरोध गरेपछि भने काम रोकिएको थियो ।
त्वाःछेँ समितिका उपाध्यक्ष राजेश श्रेष्ठले भने आजै मात्र विहान अदालतको अन्तरिम आदेशको प्रतिलिपि वडा कार्यालयमा दर्ता गराएको बताए । ‘आजै विहान वडा कार्यालय गइ अदालतको रोक्का आदेश दर्ता गराइ आएको थिएँ । तर आजै आदेशबारे केही जानकारी छैन भन्दै वडाध्यक्ष आएर भवन भत्काउन खोजे । यहाँ पटक पटक अदालतको अपहेलना भइरहेको छ’ उपाध्यक्ष श्रेष्ठले बताए ।
२०३५ सालमा यस भवनलाई स्थानीय वासिन्दाले चन्दा संकलन गरेर, जनश्रमदान समेत गरेर निर्माण गरेका थिए । यस भवनलाई स्थानीय वासिन्दाले त्वाःछेँ (सामुदायिक भवन) भनी दावी गर्दै आएका छन् भने काठमाडौं महानगरपालिकाले वडा भवन भन्दै आएका छन् । यस भवनको स्वामित्त्वको विषय अहिले अदालतमा विचाराधीन छ । अदालतमा मुद्दा विचाराधीन रहँदारहँदै गत असोज १४ गते बडादशैंको पंचमीका दिनमा महानगरको डोजर ल्याई भवनको पहिलो तल्लाको भित्ता र सटर भत्काएर फर्केको थियो । त्यसपछि उच्च अदालत पाटनले गत असोज २७ गतेका दिन त्वाःछेँ समिति र वडा कार्यालय दुवै पक्षले भवनमा भौतिक क्षति पुग्ने कुनै काम कारवाही नगरी सो भवनलाई यथास्थितीमा राख्नु भनी अन्तरिम आदेश जारी गरिएको थियो ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal