आज :

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्राचार, यस्तो छ कसुर

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आचारसंहिता उल्लंघनमा कारबाही प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको छ।

रौतहटमा आयोजित कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै बिहीबार आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोधेको छ।

आयोगलाई प्राप्त श्रव्य-दृश्य सामाग्रीका आधारमा उक्त अभिव्यक्ति निजकै रहेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

‘तपाईंले ‘बिना ढेवा के भिसा मिलते हैं, टिकट मिल्ते हैं, काठमाडौं तालिम मिल्ते है’ भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईँको होइन भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ।’

नेपाललाई कारबाही गर्न अनुरोध गर्दै रौतहट प्रहरीलाई पत्र समेत लेखको छ। ‘निज श्री माधवकुमार नेपालबाट निर्वाचनको सम्मुखमा युवाहरुलाई विदेश पठाउन भनि सार्वजनिक प्रलोभन देखाउने काम गरेकाले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ बमोजिम कारबाही प्रक्रिया अघि बढाउन अनुरोध छ,’ आयोगको पत्राचारमा भनिएको छ।

२४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भने पनि रौतहट जिल्ला प्रहरी कार्यालयलाई आजै पत्र लेखेर कारबाही प्रक्रिया अगाडि बढाउन भनेको हो। निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउन पाइँदैन।

ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई १ लाख रूपैयाँसम्म जरीवाना वा र २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal