आज :

शरद गौचनका हत्याराले चिनाएको ठाउँबाट पेस्तोल ल्याएर भक्तपुरमा मच्चाए यस्तो काण्ड, प्रहरी नै चकित

  • अनलाइन डबली

काठमाडौँ । भक्तपुरको गठ्ठाघरस्थित श्याम बस्नेतको घरमा भदौ २५ मा बिहान ३ बजेतिर लुटपाट भयो । दुई जना युवाले पेस्तोल देखाएर लुट्न थालेपछि घरधनीले हो–हल्ला गर्न थाले ।

अनि, आरोपीहरू फरार भए । लुटपाटमा संलग्न उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भएका ४१ वर्षीय अम्बर बहादुर मगर र सङ्खुवासभाको पाँचपखन नगरपालिका–८ घर भएका ३२ वर्षीय रविन किशोर राई उर्फ सुवासलाई प्रहरीले पक्राउ गरेको छ ।

लुटमा संलग्न अम्बरको विगत पनि आपराधिक देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले बताए । अम्बर डाँकाचोरी मुद्दामा ४ वर्ष जेल बसेर छुटेका हुन् ।

२०७२ बाट ०७६ सम्म जेलमा बसेका अम्बर केही समय सुन्धारास्थित केन्द्रीय कारागारमा बसेका थिए । २०७५ मा केन्द्रीय कारागारमा बस्दा निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसँग उनको चिनजान भयो ।

गौचनका ह त्यारासँग ‘पेस्तोल कहाँ पाइन्छ ?’ भनेर उनले सोधेका थिए । प्रहरीसँगको बयानमा अम्बरले भनेका छन्–‘तिनै सुटरले रक्सौलमा किन्न पाइने बताएका थिए ।’

अम्बरलाई गौचनका ह त्याराले रक्सौलमा पेस्तोल किन्ने ठाउँको ठेगाना पनि दिए । २०७९ असारमा अम्बर रक्सौल गएर पेस्तोल लिएर आए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भन्छन्–‘उनले उपत्यकामा लुट्ने योजना बनाएर पेस्ताले लिएर आएको देखिन्छ ।’

भक्तपुरमा लुट्न जाँदा उनीहरूले प्रयोग गरेको ‘मेड इन इटली’ लेखिएको एकथान पेस्तोल र दुई राउण्ड गोली अपराध अनुसन्धान कार्यालयले बरामद गरेको छ ।

सो पेस्तोल आफूले ६५ हजार रुपैयाँमा भारतीय बजार रक्सौलमा किनेको अम्बरले प्रहरीलाई बताएका छन् । २०७४ असोज २३ मा गौचनलाई शान्तिनगरमा गोली हानेर ह त्या गरिएको थियो । उनको ह त्यामा संलग्न ११ जना अभियुक्त जेलमा छन् ।

नेकपा (एकीकृत समाजवादी)का भक्तपुर जिल्ला अध्यक्ष समेत रहेका श्याम बस्नेतको घरबाट उनीहरूले ६० हजार लुटेर भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बिहान ३ बजे उनीहरू पेस्तोल लिएर लुट्न गएका हुन् ।

मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरमा लुट्न जानेमा उनीहरू सहित ४ जना रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । सो लुटको योजना अम्बरले बनाएका हुन् । पक्राउ परेपछि पेस्तोल देखाएर ‘लुट धन्दा’ मच्चाउने उनको योजनामा ब्रेक लागेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal