आज :

काठमाडौँ हल्लिनेगरी ५.९ म्याग्नेच्युडको भूकम्प, कहाँ हो केन्द्रविन्दु ?

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँ हल्लिनेगरी गएको भूकम्पको केन्द्रविन्दु पत्ता लागेको छ ।

नेपाल र तिब्बतको बोर्डरमा केन्द्र बनाएर बुधबार दिउँसो भूकम्प गएको हो। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।

यसको केन्द्र सिन्धुपाल्चोकको तिब्बतसँग सीमा जोडिएको क्षेत्रमा रहेको उनले जानकारी दिए। भूकम्पको धक्का काठमाडौंसहितका आसपासका ठाउँमा महसुस भएको थियो ।

काठमाडौं उपत्यकामा त धक्का थाहा पाउनेहरु घर बाहिर नै निस्केका थिए । यसैबीच वर्षा पछिको पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला खण्ड खुलेको छ ।

एक हप्ता लामो प्रयासपछि नाग्म खण्ड खुलेको र गाडी चल्न चालेको डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जुम्ला नाग्म खण्डको रारालिहीदेखि नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको थियो ।

कर्णाली राजमार्गमा खटिएका सवइन्जिनियर गोविन्द अधिकारीका अनुसार जुम्ला–नाग्म खण्ड खुले पनि कर्णाली राजमार्गको अन्य ठाउँको पहिरो हटाउने काम भइरहेको छ ।

कालिकोटको पिलीदेखि सेरावाडासम्म काम सकेर गाडी पुगेको छ । तर सेरावाडादेखि नाग्म सम्मको करिब ३० किलोमिटरमा सबैभन्दा कठिन अवस्था छ ।

धनाडादेखि नाग्मसम्म मात्रै १४–१५ स्थानमा ठूला ढुंगा बिष्फोट गर्नुपर्ने अवस्था छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal