आज :

काठमाडौँ हल्लिनेगरी भूकम्पको शक्तिशाली धक्का, मान्छेहरुको भागाभाग

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ। भूकम्पले हल्लाएपछि मान्छेहरु घर छोडेर बाहिर भागेका थिए ।

दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो। भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने खुलिसकेको छैन।

काठमाडौँसहित भक्तपुर, ललितपुर, नुवाकोट, काभ्रे र आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । यसबारे बिस्तृत विवरण आउँन बाँकी छ ।

यसैबीच जलवायु परिवर्तनको हानीका कारण करिब एक अर्ब बालबालिका ‘अत्यन्त उच्च जोखिममा’ रहेको एक अधिकार समूहले बुधवार चेतावनी दिएको छ। युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको पनि सो समूहले जनाएको छ।

किड्सराइट्स सूचकांकले विश्वका एक तिहाइ भन्दा बढी बालबालिका (करिब ८२० मिलियन) हाल गर्मीको लहरमा परेको जनाएको छ। संयुक्त राष्ट्र संघीय नियकाले प्रदान गरेको तथ्यांकका आधारमा उक्त तथ्यांक निकालिएको हो।

पानीको अभावले विश्वभर ९२ करोड बालबालिकालाई असर गरेको छ, जबकि मलेरिया र डेंगु जस्ता रोगहरूले झन्डै ६० करोड बालबालिकालाई असर गरेको डच एनजीओ किड्सराइटले जनाएको छ।

बालबालिकाको अधिकारको वार्षिक रूपमा कसरी सम्मान गरिन्छ भनेर मापन गरिन्छ। सूचांकअनुसार १८५ देशहरुमध्ये आइसल्याण्ड, स्वीडेन र फिनल्याण्डलाई बालबालिकाको अधिकारको लागि उत्कृष्ट मानिएको छ भने सिएरा लियोन, अफगानिस्तान र चाडलाई सबैभन्दा खराबको रूपमा मापन गरिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal