आज :

भारतकाे सिक्किममा सत्यमोहनकाे स्मृतिमा पुस्तकालय बनाइने

  • अनलाइन डबली

काठमाडौँ – वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको असामयिक निधनप्रति दुःख व्यक्त गरि भारतकाे सिक्किममा शाेक सभा सम्पन्न गरेकाे छ । सिक्किम नेवाः गुथि तथा नेवाः भाषा एवं संस्कृति राष्ट्रिय विद्यालयले संयुक्त रूपमा कार्यक्रम सम्पन्न गरेकाे हाे । जाेशी गत २०२२ अक्टोबर १६ तारिखमा १०३ बर्षको उमेरमा नेपालको किष्ट अस्पतालमा निधन भएका हुन् ।
कार्यक्रममा सिक्किम नेवाः गुथिका पूर्व अध्यक्ष दिलु कुमार प्रधानले डा. जोशीसँगको भेटवार्ताको अनुभव र उहाँको जीवनी बारे चर्चा गरे । उहाँले सिक्किममा “सत्यमोहन जोशी स्मृति पुस्तकालय” स्थापना गर्ने घोषणा समेत गरे । त्यस्तै, कार्यक्रममा वरिष्ठ साहित्यकार प्रधुम्न श्रेष्ठले शताब्दी पुरुष  डा. सत्य मोहन जोशीको जीवनी र कृति बारे चर्चा गरे ।

उहाँले जाेशीका प्रकाशित कृतिहरु अध्ययन गर्नुपर्नेमा जाेड दिए । त्यस्तै, विद्यालयका प्राचार्य विकास प्रधानले डा. जोशीबाट लिइएको ज्ञानको स्मरण गर्दै आफ्नो मातृभाषा र संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकास गर्ने प्रेरणा पाएको बताए ।
कार्यक्रमकाे सुरूमा जाेशीकाे आत्मशान्तिकाे लागि कामना गरि मौन धारण गरिएकाे थियाे । साे पश्चात् फोटोमा माला अर्पण गरेर श्रद्धाञ्जली चढाइएकाे थियाे ।
कार्यक्रममा सिक्किम नेवाः गुथिका पूर्व अध्यक्ष एवं नेवाः भाषा एवं संस्कृति राष्ट्रिय विद्यालय सिक्किमका अध्यक्ष भाजु दिलु कुमार प्रधान, वरिष्ठ साहित्यकार प्रधुम्न श्रेष्ठ, विद्यालयका प्राचार्य विकास प्रधान, विनित प्रधान तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal