आज :

ओली बिरामी परेपछि एमालेका नेताहरु तनावमा, अहिले कस्तो छ स्वास्थ्य अवस्था ?

  • अनलाइन डबली

काठमाडौं । चुनावमा मुखमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् । चुनावी प्रचारको लागि झापा पुगेको बेला ओलीलाई रुघाखोकीसँगै ज्वरो आएको बताइएको छ । बिरामी भएकै कारण मंगलबार तय गरिएका चुनावी कार्यक्रममा ओली सहभागी हुन सकेनन् । मंगलबार पत्रकार भेटघाटदेखि चुनावी क्षेत्रमा घरदैलो कार्यक्रमसम्म तय गरिएका थिए । तर बिरामीका कारण मंगलबार कुनै पनि कार्यक्रममा अध्यक्ष ओली सहभागी नभएको एमाले झापाले जनाएको छ ।

एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीका अनुसार ओलीको स्वास्थ्यमा सुधार आएको छ । तर ओली आजबाट चुनावी कार्यक्रममा सहभागी हुने नहुनेबारे औपचारिक केही जानकारी दिइएको छैन । आज विहान ११ बजे क्षेत्र नं १ को धुलाबारीमा बृहत्त कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने पूर्व निर्धारित कार्यक्रम भएपनि उक्त कार्यक्रममा ओली सहभाग हुने नहुने भन्ने केही बताइएको छैन । त्यस्तै दिउँसो २ बजे दमकको रोयल पार्टी पार्टी प्यालेसमा क्षेत्र नं ५ स्तरीय बृहत कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।

ओलीले ३ गते नागरिकसँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि दमक ३ आमचोक र कलम गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट गरेर ओली ३ गते दिउसो भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको थियो ।

तर ओली दमकस्थित निवासमै आराम गरेर बसेका छन् । ओलीले आराम गरिरहेको अवस्थामै सामाजिक सञ्जालमार्फत भने सक्रियता जारी राखेको बताइएको छ । ओलीले मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग ‘लाइभ डिबेट’ गर्न चाहेको बताएका थिए ।

ओलीले सामाजिक सञ्जालमार्फत आम नागरिकको नम्बर पनि मागेका छन् । यही ४ गतेसम्म फेसबुकको म्यासेन्जरमा नम्बर पठाउनेमध्ये सम्भव भएसम्म धेरैभन्दा धेरैलाई सम्पर्क गरेर अन्तरक्रिया गर्ने ओलीको तयारी थियो ।

चुनावी क्षेत्रका कार्यक्रममा सहभागी हुन झापा पुगेकै बेला ओलीलाई सन्चाे नभएपछि एमाले जिल्लाका नेता कार्यकर्ता तनावमा परेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal