आज :

युक्रेनको राजधानी किभसहित देशभर पानी र बिजुली आपूर्ती बन्द, जेलेन्स्की अमेरिकाको पछि लागेपछि …

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनको राजधानी किभसहित देशका अधिकांश सहरमा अन्धकारमय भएका छन् । त्यहाँ न बिजुली छ न पानी । पछिल्लो पटक युक्रेनले क्रिमिया पुलमाथि हवाई हमला गरेपछि रुसी सेनाले शक्तिशाली मिसाइल र कामिकाजी ड्रोनबाट समेत हमला गरेको थियो ।
पछिल्लो पटक युक्रेनी फौज कब्जा हुन बाँकी रहेका ऊर्जा केन्द्रलगायत पूर्वाधारलाई आड बनाएर प्रत्यक्रमणमा उत्रेको बताइएको छ । अत्यावश्यकीय सेवा र बस्तुलाई युक्रेनी फौजले ढाल बनाएको रुसले दाबी गरेको छ ।

पछिल्लो २४ घण्टामा रुसी सेनाले राजधानी किभका केही क्षेत्रमा हमला गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । राजधानी किभमै दुई जनाको मृत्यु भएको युक्रेनीले पुष्टि गरेको छ । डिनिप्रो नदी नजिकैको ऊर्जा केन्द्र वरपरबाट धुवाँको मुस्लो निस्किएको देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । त्यस्तै, ड्रोन हमलामा परी राजधानी किएभमा कम्तीमा पाँच जना र उत्तरी सहर सुमीमा चार जनाको ज्यान गएको तथा सयौँ सहर र गाउँहरूमा विद्युत् आपूर्ति बन्द भएको विवरणहरू आएका छन् ।

किएभको पश्चिममा रहेको जितोमीरमा बिजुली र पानीको आपूर्ति काटिएको छ र डिनिप्रोमा दुईवटा केन्द्रहरू नराम्ररी क्षतिग्रस्त भएका छन् । युक्रेनको राष्ट्रपति कार्यालयले किभमाथि हमला गरिएको पुष्टि गर्दै पानी र बिजुली आपूर्ती बन्द गरिएको बताएको छ । राष्ट्रपति कार्यालयका उपप्रमुखले बिजुली बचत गर्न अपील गर्दै अन्धकारमा बस्न तयार रहन समेत भनेको बीबीसीले जनाएको छ ।

“पहिलो कुरा बिजुली बचत गर्न र दोस्रो यदि आक्रमण जारी रह्यो भने अन्धकारमा बस्न पनि सबैजना तयार हुनुपर्छ, सम्पूर्ण जनसङ्ख्या कडा जाडोको लागि तयार हुन आवश्यक छ” राष्ट्रपति कार्यालयका उपप्रमुखले भने । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलवार ट्विटरमा एक हप्तामा ३० प्रतिशत ऊर्जा केन्द्रहरु ध्वस्त बनाइएको बताएका छन् । उनले लेखे, “गएको आठ दिनमा युक्रेनका ३० प्रतिशत ऊर्जा केन्द्रहरू ध्वस्त भएका छन् त्यसले गर्दा देशभरि व्यापक अन्धकार भएको छ ।”

जाडो लाग्न सुरु नहुँदै धन्कार भएपछि युक्रेनमा चिन्ता बढेको छ । जाडोअघि ध्वस्त ऊर्जा केन्द्रहरु पुनःनिर्माण हुन नसक्ने समेत बताइएको छ । केही सहरहरूमा युक्रेनीहरूले ऊर्जा उत्पादनका लागि जेनरेटरहरू र ग्यास बर्नरहरू खरिद गरिरहेका छन् । तर यो प्रयाप्त नहुने समेत बताइएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की अमेरिकाकाे पछि लागेको र पश्चिमा देशहरुले युक्रेनमा हतियार पठाएकै कारण हमला गर्नु परेको रुसका अधिकारीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal