आज :

अछाममा गठबन्धनको जित सुरक्षितः मन्त्री कुँवर

  • अनलाइन डबली

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछाममा सत्ता गठबन्धनको जित सुरक्षित भएको बताएका छन् । गठबन्धनको तर्फबाट अछाम क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य उम्मेवार समेत रहेका मन्त्री कुँवरले लोकतन्त्र र संविधानको रक्षा गर्न सक्ने र अछामी जनताको मन र मुटुका बसेका नेताहरुलाई उम्मेदवार बनाएको भन्दै जित सुरक्षित रहेको बताए ।

मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कुँवरले अछामका दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभामा नै सत्ता गठबन्धनका उम्मेदवारले जित हासिल गर्ने दाबी समेत गरे । उनले गठबन्धनसँग नेकपा एमालेको प्रतिस्पर्धा समेत नहुने बताए ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका मन्त्री कुँवरले नेकपा एमालेका नेता भीम रावलले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताए । रावलले सार्वजनिक रुपमै लोकतन्त्र र राष्ट्रियताको रक्षा तथा जनताको पक्षमा काम गर्ने उम्मेदवारलाई सहयोग गर्ने बताउँदै कुँवरले त्यस्ता उम्मेदवार गठबन्धनले उठाएकाले रावलले सहयोग गर्ने बताए ।

“भीम रावललाई राष्ट्रिय नेता हो, उहाँ अछामी जनताको अभिभाव पनि हो । उहाँका अभिव्यक्तिले लोकतन्त्र र राष्ट्रको रक्षामा सहयोग पुगेको छ, उहाँले सार्वजनिक रुपमा भनेकाजस्तै अछामी जनताले रोजेका र जनताको हितमा काम गर्ने उम्मेदवार बनाएकोले उहाँले हामीलाई सहयोग गर्नुहुन्छ” मन्त्री कुँवरले भने । उनले लोकतन्त्र र संविधान रक्षाको लागि रावललगायत अछामको बौद्धिक समुदायले गठबन्धनलाई साथ दिने विश्वास व्यक्त समेत गरे । उनले एमालेले रावलमाथि न्याय गरे नगरेको जनताले निर्णय गर्ने समेत बताए ।

मन्त्री कुँवरले आफूले कुटो, कोदाली, बाख्रा चलाउनेदेखि संविधान लेखन, राष्ट्रियसभामा रहेर देश र राष्ट्रियताको विषयमा आवाज उठाएको अछामी जनताले बुझेको बताए । सेती लोकमार्गजस्ता विकासका अधुरा योजना पूरा गर्न र जनताका समस्या समाधानसँगै लोकतन्त्र र संविधानको रक्षाको लागि आफूले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकोले जित सुनिश्चित जस्तै भएको कुँवरले दाबी गरे ।

मन्त्री कुँवरले आफूले मन्त्रालयको जिम्मेवारी समालेको चार महिनामा श्रमिकसँग श्रममन्त्री, सामाजिक सुरक्षा कोषलाई श्रमिकको पक्षमा उपयोग, नयाँ श्रम गन्तव्यको खोजी, सीपलाई श्रमसँग जोड्नेलगायतका कार्यक्रम लागु गरेको जानकारी समेत दिए । उनले बेलायत, जर्मनी, हंगरीजस्ता देशमा श्रम सम्झौता गरेको समेत बताए ।

त्यसैगरी कार्यक्रममा सोही निर्वाचन क्षेत्र अन्तरगत प्रदेशसभा (क) का उम्मेदवार मेघराज खड्काले देशको आवश्यकताका कारण गठबन्धन बनेको बताउँदै आफूहरु प्रतिवद्ध भएको बताए । उनले गठबन्धनका उम्मेदवारलाई जिताएर प्रदेश र संघको सरकार बनाएर लोकतन्त्र र संविधान रक्षा गर्ने बताए । नेपाली काँग्रेस प्रदेश महामन्त्री समेत रहेका खड्काले सुदूरपश्चिम प्राकृति साधान र स्रोतको प्रयोग गरी धनी प्रदेश बनाएर जनताको जीवनमा समृद्धि ल्याउन पनि गठबन्धनका उम्मेदवारको जीत आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal