आज :

तुलसीपुरमा एकै खाल्डोभित्र गाडिएका रोशनी र शरदबारे भयो यस्तो खुलासा, प्रहरीलाई पहिलो सफलता

  • अनलाइन डबली

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँको जंगलमा ह त्या गरी एकै खाडलमा गाडेको अवस्थामा फेला परेका किशोर-किशोरी एकै कक्षा पढ्ने गरेको खुलासा भएको छ ।

दमारगाउँकी १५ वर्षीया रोशनी महतरा क्षत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भई दमारगाउँमा मामाको घरमा बस्दै आएका १४ वर्षीय शरद आचार्यको शव स्थानीय सामुदायिक वनको जंगलभित्र चिरोमा एकै ठाउँमा फालेर माटोले पुरेका अवस्थामा आइतबार दिउँसो फेला परेका थिए।

उनीहरुको शव पोष्टमर्टमका लागि फरेन्सिक विज्ञ झिकाइने भएको छ। तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा फरेन्सिक विज्ञ नरहेको हुँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सम्बन्धित विज्ञ बोलाइएको अस्पतालका प्रशासन हेर्ने रेस्मी अधिकारीले जानकारी दिए।

प्रहरीले आग्रह गरे अनुसार पाँच/छ वटा चेकजाँच गर्न सक्ने उपकरण तथा सम्बन्धित क्षेत्रका विज्ञ प्रादेशिक अस्पतालमा नरहेकोले घोराहीबाट बोलाइएको उनले बताए।

घटना अनुसन्धानका लागि आइतबारदेखि नै तुलसीपुरमा खटिएका जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले चिकित्सकले शव पोष्टमर्टम गर्न नमानेपछि घोराहीबाट बोलाउनु परेको बताए।

तुलसीपुरका चिकित्सकले नमानेपछि पोष्टमर्टमका लागि शव घोराही पठाउने कि भनेर छलफल चलिरहेको भए पनि बेलुकी पख घोराहीबाट सम्बन्धित क्षेत्रका विज्ञ बोलाएर तुलसीपुरमै पोष्टमर्टम गर्ने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिए।

उनीहरूको शव आइतबार बेलुका अबेरमात्रै पोष्टमर्टमका लागि भनेर तुलसीपुर ल्याइएको थियो। शव फेला परेको २४ घन्टा बढी बितिसक्दा पनि अझै पोष्टमर्टम हुन सकेको छैन।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार रोशनी र शरद असोज २७ गते रातिदेखि बेपत्ता थिए। असोज २८ गते आचार्यकी मावली हजुरआमाले कौवापुर प्रहरी चौकीमा गएर आफ्नो नाति हराएको भन्दै खोजी गरिदिन निवेदन दिएकी थिइन्।

उनीहरू दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्ययनरत थिए। उनीहरूका केही नजिकका सहपाठी तथा साथी गरी ६ जनालाई उनीहरूको व्यवहार तथा सम्बन्धको कुरा सोधपुछको लागि इप्रकामा राखेको छ।

यीबाहेक प्रहरीले एक जना टिपर चालक आइतबार नै र उनको बयानका आधारमा अर्का एक युवकलाई सोमबार बिहान नियन्त्रणमा लिएर घटना अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रहरी उच्च स्रोतका अनुसार थप एक/दुई जनाको नाम आएको हुँदा उनीहरूलाई निगरानीमा राखेर सूक्ष्म ढंगले अनुसन्धान अगाडि बढाइएको छ।

सहपाठी रोशनी र शरदको एकै साथ ह त्या गरी एकै स्थानमा शव फालेर भाग्नेहरूलाई छिट्टै नियन्त्रणमा लिने प्रहरीले विश्वास दिलाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal