आज :

युक्रेनको राजधानी किएभमा लगातार रुसी भिषण हमला, यस्तो छ क्षतिको विवरण

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनको राजधानी किएभमा फेरी हवाई हमलाहरू भएका छन् । शृङ्खलाबद्ध रुपमा भएका हवाई हमलाका कारण थुप्रै भवनहरू क्षतिग्रस्त भएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सचिव आन्द्री यर्माकले ती हमलाहरू इरानले दिएका रुसी ‘कामिकाजी ड्रोन’को प्रयोग गरेर गरिएका बताएका छन्।

राजधानी किएभको मध्ये भागस्थित शेभ्चेनकिभ्स्की इलाकामा त्यस्ता तीनवटा विस्फोट भए। हरेक विस्फोटन १० मिनेटको फरकमा भएको थियो। त्यसबाट भएका हताहतीको विवरण आएका छैनन्।

खासगरि द्वितीय विश्वयुद्धका बेला जापानले लडाकू विमानलाई दुश्मनको सैनिक संरचनामा ठोक्काएर गर्ने आत्मघाती हवाई हमला दस्ताका सदस्यलाई कामिकाजी भन्ने गरिन्छ।

गतसाता युक्रेनमा रुसले कैयन् क्षेप्यास्त्र प्रहार गर्दा १९ जनाको ज्यान गएको थियो। सोमवार विहान भएका हमलापश्चात उद्धारकर्ताहरू खटाइएको मेयर क्लित्स्कोले बताएका छन्।

शहरमा रहेका बीबीसी सम्वाददाता पल एडम्सका अनुसार स्थानीय समय अनुसार विहानको सात बजे ती विस्फोटनहरू भएका छन्।

यर्माकले चाहिँ टेलिग्राममा लेख्दै ती हमला कामिकाजी ड्रोनको प्रयोग गरेर गरिएको भन्दै युक्रेनलाई सक्दो चाँडो थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन भनेका छन्।

इरानले रुसलाई दिएको भनिएका त्यस्तो ड्रोनहरू आकाशमा घण्टौँ रहन सक्छन्। ती ड्रोन लक्षित निशानामा ठोक्किन जान्छन् र विस्फोट हुन्छन्। रुसले तिनको प्रयोग यसअघि पनि गरेको युक्रेनले बताएको छ।

गत साता भएका हमलाहरू रुस र क्राइमियाबीचको पुलमा भएको आक्रमणको बदलास्वरूप गरिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका थिए।

युद्ध सुरु भएयता राजधानी किएभको मध्ये भागमै हमला भएको त्यो पहिलोपटक थियो। यो साताको सुरुमा बोल्दै राष्ट्रपति पुटिनले युक्रेनमा तत्काल ठूलो स्तरका थप हमला जरुरी नभएको बताएका थिए।

लक्षित गरिएकामध्ये अधिकांश निशानामा प्रहार गरिएको भन्दै युक्रेन देशलाई नै ध्वस्त पार्ने आफ्नो उद्देश्य नभएको बताएका थिए। बीबीसी ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal