आज :

प्रधानमन्त्री देउवाले ओनसरी घर्तीको प्रशंसा गरेपछि….

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं २ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेता ओनसरी घर्तीले पार्टीभन्दा पनि राष्ट्रको हित हेर्ने बताएका छन्।

ओनसरीले सभामुख हुँदा निष्पक्ष रूपमा काम गरेको भन्दै देउवाले प्रशंसासमेत गरेका थिए।

‘ओनसरी घर्ती अत्यन्तै साहसी महिला हुनुहुन्छ। उहाँले कुशलताका साथ सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो। मलाई त विश्वास पनि थिएन, उमेर सानै थियो, सभामुख के चलाउनुहोला भनेको त सबैभन्दा सफल तरिकाले उहाँले संसद चलाउनुभयो,’ काठमाडौं‌को काँडाधारीमा आज सत्ता गठबन्धनले गरेको कार्यक्रममा देउवाले भने।

माओवादीबाट निर्वाचित भए पनि ओनसरीले कहिल्यै पनि पार्टीको आशीर्वाद नमागेको उनले बताए। ‘उहाँले संसदीय व्यवस्थामा पार्टीको भन्दा पनि राष्ट्रको हित हेर्नुभयो,’ उनले भने, ‘पार्टीको आदेशभन्दा पनि आत्माको आदेश उहाँले मान्नुभयो। त्यसकारण उहाँ सच्चा लोकतन्त्रवादी र निष्पक्ष सभामुख हुनुभयो र मलाई विश्वास छ यो क्षेत्रको विकासमा लाग्नुहुन्छ।’

उनले कुनै पनि पार्टीको बहुमत आउन कठिन छ रहेकोले चुनावी तालमेल गरिएको बताएका थिए। दलहरू मिलेर लोकतन्त्रको सुदृढीकरण गर्ने र चुनौती सामना गर्दै विकास निर्माणका काम गर्ने उनले बताए। उनले गठबन्धनका उम्मेदवारलाई जिताउन पनि आग्रह गरेका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal