आज :

डेंगु संक्रमणबाट सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

  • अनलाइन डबली

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान ७:०९ बजे ग्वार्कोस्थित किष्ट मेडिकल कलेजम उपचारको क्रममा  जोशीको निधन भएको हो । जोशीलाई डेंगु संक्रमणपछि एक हप्तादेखि आइसियुमा राखेर उपचार भइरहेको थियो । अस्पतालले सुधार नभएको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको जनाउँदै आएको थियो ।

जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लाे समय डेंगुको पनि संक्रमण रहेको थियो । जोशीको डेङ्गु संक्रमणपछि असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर वनलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो ।

उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको छ । उनको उपचारमा प्रा डा मिलेश जंग सिजापतिको संयुक्त टोली खटिँदै आएको थियो ।

सरकारले जोशीको रेखदेखको लागि एउटा नर्सको व्यवस्था गरेको थियो । मन्त्रिपरिषद् बैठकले जोशीको उपचार सरकारले गर्ने निर्णय समेत गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal