आज :

सामाजिक सञ्जाल र मिडिया अनुगमन आफै गर्न  निर्णयबाट पछी हट्यो आयोग

  • अनलाइन डबली

काठमाडौँ। सामाजिक सञ्जाल र मिडिया अनुगमन आफै गर्न  निर्णयबाट निर्वाचन आयोग पछि हटेको छ।

सेना तथा प्रहरीका प्रतिनिधिलाई समेत राखेर साइबर ब्युरो ‘प्रेस अफिस’ नामको कार्यालय स्थापना गरि संचालन गरिन लागिएको प्रति नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायले विरोध जनाए पछि आयोग पछि हटेको हो।

यसैगरी आयोगको शुक्रबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता कार्यान्वनय भए नभएको अनुगमन गर्न प्रेस काउन्सिललाई जिम्मा दिने निर्णय गरेको छ ।

आयोगको निर्णय यस्तो छ  – 

‘सञ्चारमाध्यमहरुको अनुगमन प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार भित्र पर्ने विषय भएकोले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक धारा १९०, सूचनाको हक (धारा २७), अभिव्यक्ति स्वतन्त्रता (धारा १७ (क)) तथा आमसंचार सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भएरनभएको नियमित रुपमा अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने।’

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal