आज :

यसकारण कात्तिक महिनामा निक्षेपको ब्याजदर नबढाउने पक्षमा छन् बैंकहरु

  • अनलाइन डबली

काठमाडौं । कात्तिक महिनामा बैंकहरुको निक्षेपको ब्याजदर नबढ्ने भएको छ । नेपाल बैंकर्स संघको बिहीबार बसेको अनौपचारिक बैठकले कात्तिक महिनामा बैंकहरुले ब्याजदर नबढाउने निष्कर्षमा पुगेका हुन्।

असोज महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएसँगै चौतर्फी विरोध हुँदै आएको थियो । चौतर्फी विरोधपछि आगामी कार्तिक महिनामा भने व्याजदर नबढ्ने निष्कर्ष निकालेका हुन् ।

असोज महिनामा निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दतीतर्फ ११.०३ प्रतिशतबाट बढाएर १२.१३ प्रतिशत पुर्याइएको थियो । अब कात्तिक महिनाको लागि पनि यही दर कायम रहने भएको छ । त्यस्तै, रेमिट्यान्स मुद्दती तर्फ १३.१३ प्रतिशत न्यूनतम ब्याजदर कायम रहेको छ ।

असोज महिनामा बैंकहरुले ब्याजदर वृद्धि गरे पनि बैंकहरुमा पैसा भने आएको देखिँदैन । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको पछिल्लो एक साताको तथ्यांकमा बैंकहरुमा निक्षेप घटेको देखिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal