आज :

गो ली हानेर दुई जना प्रहरीको ह त्या, प्रत्यक्षदर्शीहरू के भन्छन ?

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकाको कनेक्टिकट राज्यमा गो ली हानेर दुई जना प्रहरी अधिकारीको हत्या भएको छ।

द न्युयोर्क टाइम्सका अनुसार स्थानीय समयअनुसार बुधबार राती ब्रिस्टोल भन्ने ठाउँमा ती दुई प्रहरीमाथि गो ली हानिएको थियो। गो ली लागेर घाइते भएका अर्का प्रहरीको अवस्था गम्भीर रहेको कनेक्टिकट स्टेट पुलिसले जनाएको छ।

गोली कसले, किन चलाएको हो भन्नेबारे खुलिसकेको छैन। घटनाको विस्तृत विवरण सार्वजनिक गर्न  पत्रकार सम्मेलन गर्न लागिएको छ। प्रत्यक्षदर्शीहरूले घटनास्थलमा थुप्रै पटक गो ली चलेको आवाज सुनेको बताएका छन्।

उता पाकिस्तानको सिन्ध प्रान्तमा पर्ने जामशोरो जिल्लामा बुधबार एउटा यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा १८ को मृत्यु भएको छ । मृतकहरुमा ८ जना बालबालिका र नौ जना महिला छन् ।

प्रहरीका अनुसार बसमा लगभग ५० जना सबार थिए र प्रारम्भिक अनुसन्धानमा बसमा सबार सबै यात्रु एउटै संयुक्त परिवारका सदस्य रहेको बताइएको छ ।

पाकिस्तानमा पछिल्लो समय वितण्डा मच्चाएको बाढीले तिनको गाउँ डुबाएपछि उनीहरू कराँचीस्थित अस्थायी क्याम्पमा सारिएका थिए ।

जामशोरो जिल्लाका डीएसपी जावेद बलोचले मिडियालाई बताए अनुसार बसले ती यात्रुलाई कराँची स्थिति बाढी पीडित बस्ने क्याम्पबाट तिनको गाउँ खैरपुर नाथन शाह लाँदै थियो । तर नूरियााबादनजिक पुग्दा बसमा आगलागी भयो ।

शव र घाइतेहरूलाई जामशोरोस्थित लियाकत विश्वविद्यालय अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकहरूले घाइतेहरु मध्ये पनि केही गम्भिर रुपमा जलेकाले मर्नेको सङ्ख्या बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

सञ्चारमाध्यमका अनुसार बसको एयर कन्डिसनिङ प्रणालीमा खराबी आएपछि आगजनी सुरु भएको थियो र आगजनीबाट बस पुरै जलेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal