आज :

आजबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन, यस्तो छ तयारी 

  • अनलाइन डबली

पोखरा । आजबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु हुँदैछ । पोखरा खेलमैदानमा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेक छ । आज दिउँसो साढे तीन बजे पोखरा रंगशालामा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन हुँदैछ ।

उदघाटन समारोहमा सातौं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्ज्वलन गर्नेछन् ।

उदघाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरुबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम र आतिसबाजीसमेत गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।

औपचारिक रुपमा शुक्रबारबाट सुरु भएको प्रतियोगिता आगामी कात्तिक ३ गते सकिने छ । समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् । उदघाटन समारोहमा ३ सय जना स्वयंसेवक खटिनेछन् भने विद्यार्थी, सेना, प्रहरी, एपीएफ, खेलाडी, रेफ्री, खेल पदाधिकारी, अतिथि र स्थानीयको उपस्थितिले १६ हजार ५ सय सिट क्षमताको प्यारापिट भरिने आयोजकको आँकलन छ ।

नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको समापनका दिन नवौं राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा आयोजना हुने जानकारी गराइएको थियो । तर कोरोना महामारीका राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको थिएन । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका कारण पनि खेलको मिति पछाडि सारिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal