आज :

हतकडी बिनै अदालत पुर्याइएका सन्दीप लामिछानेलाई हिरासतमा राख्न कति दिनको म्याद थपियो ?

  • अनलाइन डबली

काठमाडौँ । बला त्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछाने बुधबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।

अदालतले पहिलो पटक दिएको ७ दिनको समयसीमा आज सकिएपछि प्रहरीले उनलाई म्याद थपका लागि उपस्थित गराएको हो। असोज २० गते काठमाडौं ओर्लिएलगत्तै पक्राउ परेका लामिछानेलाई प्रहरीले हतकडी लगाएर प्रहरी कार्यालय पुर्‍याएको थियो।

आज म्याद थपका लागि अदालतमा उपस्थित भएका सन्दीपको हातमा हतकडी थिएन। उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो।

अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

न्यायाधीशसमक्ष सन्दीप लामिछानेको बयान
सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी पीडित नाबालिग नभएको उनका वकिलले दाबी गरेका छन्। सन्दीप लामिछानेकी वकिल सुधा रिजालले सोमबार काठमाडौं जिल्ला अदालत बाहिर पत्रकारसँग कुराकानी गर्दै पीडित भनिएकी युवती नाबालिग नभएको दाबी गरेकी हुन्।

‘उहाँले दुईवटा जन्मदर्ता बनाएको देखिएको छ। सिलसिलाबद्ध रूपमा उहाँ (सन्दीप) लाई फसाउन खोजिएको देखिन्छ,’ उनले भनिन्, ‘उहाँले ढाँटेर, आफ्नो उमेर घटाएर जन्मदर्ता बनाउनुभएको छ। त्यो प्रमाण पेस गर्छौं। उहाँ (सन्दीप) निर्दोष हुनुहुन्छ।’

सन्दीप लामिछानेले इजलासमा पनि न्यायाधीश दयाराम ढकालसमक्ष आफूलाई पीडित युवतीले १९ वर्षको भनेर जानकारी गराएको बताएको अर्का वकिल सरोजकृष्ण घिमिरेले बताए। पीडितका कागजातबारे भने आफू अनभिज्ञ रहेको उनले बताए।

‘उमेरको विषयमा म अझै अनभिज्ञ छु। मसँग कागजातहरू भएन। मैले अर्को वकिलसँग बुझ्न पनि पाएको छैन,’ उनले भने, ‘सन्दीपले श्रीमानसमक्ष बाटोमा कुराकानी हुँदा पीडितले आफू चाहिँ १९ वर्षकी हुँ भनेर तीनचोटिसम्म भनेको भनेर भन्नुभएको छ।’

त्यस्तै, यस मुद्दालाई चाँडो टुंगोमा पुर्‍याउन पनि वकिलहरूले माग गरेका छन्। गत बिहीबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे पनि दसैं बिदाका कारण अदालत बन्द थियो। प्रहरीले त्यही दिनदेखि लागू हुनेगरी १० दिनको म्याद माग गरेको पनि घिमिरेले बताए।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बला त्कार गरेको आरोप लागेको थियो। लामिछानेले इजलासमा त्यसको प्रतिकार समेत गरेका छन्। आफैंले बोलाएर नभई पीडित भनिएकी युवतीले नै बोलाएपछि गएको सन्दीपले बयान दिएको वकिल घिमिरेले बताए।

‘मैले चाहिँ क्याम्पमा जान ढिलो भइसक्यो। बिहानै जानुपर्ने, हुँदैन बरू दरबारमार्गमा गएर कफी खाऔं भन्‍दा पनि अत्ति जिद्दी गरेपछि फ्यानको हिसाबले ठिकै छ खाजा मात्रै खाएर फर्किने सर्तमा हामी गयौं,’ सन्दीपको भनाइ उदृत गर्दै घिमिरेले भने, ‘त्यहाँ जाने बेलामा पनि मेरो होस्टेल जतिबेला पनि खुला हुन्छ भन्नुभयो। तर फर्किनेबेलामा यतिबेला बन्द हुन्छ। जान मिल्दैन भन्नुभयो।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal