आज :

काठमाडौं ४ मा गगन थापालाई चिट्ठा, रवि लामिछानेको पार्टीले गर्यो यस्तो निर्णय

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं ४ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका अरुण श्रेष्ठले नाम फिर्ता लिएका छन् ।

श्रेष्ठले बुधबार दिउँसो उम्मेदवारी फिर्ता लिएपछि काठमाडौं ४ मा रवि लामिछाने नेतृत्वका राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी बिहिन भएको हो ।

कांग्रेस महामन्त्री गगन थापा उम्मेदवार रहेकाले संसदमा उनको आवश्यकता देखेर नाम फिर्ता लिएको श्रेष्ठ बताए । ‘योग्य र सक्षम व्यक्ति संसदमा आउनुपर्छ । रवि लामिछाने र गगन थापा जस्तो व्यक्ति संसदमा चाहिन्छ,’ श्रेष्ठले भने ।

यसका साथै उम्मेदवारको तयारी नपुगेले पनि आफूले उम्मेदवारी फिर्ता लिएको श्रेष्ठको भनाइ छ । अर्को पटकका लागि अलि अघिदेखि तयारी गरेर उम्मेदवार भन्ने बताए ।

यसअघि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सन्तोष प्रधान चौधरीले पनि थापालाई समर्थन गरेर उम्मेदवारी फिर्ता गरेका थिए ।

यसैबीच नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट निष्कासित गरेको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई ५ वर्षका लागि पार्टीबाट निष्कासित गरिएको बताएका हुन् ।

गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लघंन गरेकोमा कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले उनीहरुलाई विधानको धारा ३४ (४) (क) अनुसार कांग्रेसको सदस्य समेत नरहने गरी ५ वर्षका लागि निस्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिएको पौडेलले बताए ।

आगामी मंसिर ४ गते हुन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal