आज :

ओलीलाई हराउन मैदानमा उत्रिएका पाठकले पाए पुतली चुनाव चिह्न, गंगालाई लौरो

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै चुनावी मैदानमा उत्रिएका लेखक तथा राजनीतिक विश्लेषक युग पाठकले पुतली चुनाव चिह्न पाएका छन् । झापा ५ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकलाई निर्वाचन आयोगले बुधबार पुतली चुनाव चिह्न दिएको छ ।

ओलीलाई हराउनु पर्ने अभिायनमा लागेका पाठक चुनाव चिह्न पाएसँगै चुनावी अभियान सुरु गरेका छन् । सोही क्षेत्रबाट सत्ता गठबन्धनको समर्थनमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी मैदानमा छन् । ओलीलाई राप्रपाले साथ दिएको छ ।

यसैबीच एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन् । एमालेले टिकट नदिएपछि सत्ता गठबन्धनको समर्थनमा भुसालले उम्मेदवारी दिएका थिए । उनले एमाले सचिव छविलाल विश्वकर्मालाई चुनौती दिएका छन् ।

यसैबीच एमालेबाट स्वतन्त्र उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिन्ह लौरो पाएकी छन् । एमालेले टिकट नदिएपछि गंगाले विद्रोह गरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी छन् । एमाले शान्ता चौधरीलाई टिकट दिएको छ । सत्तगठबन्धनबाट सो क्षेत्रमा एकीकृत समाजवादीका मेटमणी चौधरी मैदानमा छन् ।

यसैबीच एमालेको टिकट परित्याग गरेर स्तवन्त्र उम्मेदवारी दिएका पूर्व माओवादी नेता प्रभु साहले चुनाव चिह्न ह्याण्ड पाइप (हातेकल) पाएका छन् । साहले रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal