आज :

जेलेन्स्कीलाई फेरि झट्का, अमेरिकाले दिएका ड्रोन रुसी सेनाको कब्जामा

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेनाले अमेरिकी ड्रोन कब्जा गरेको छ । युक्रेनमा विस्फोटक पदार्थ बोकेर उड्ने क्रममा उक्त ड्रोनलाई रुसी सेनाले कब्जामा लिएको हो । भारी विस्फोटसहित रुसी सैन्य क्षेत्रमा उड्ने क्रममा आफ्नो सेनाले कब्जामा लिएको रुसले जनाएको छ । अमेरिकाले युक्रेनमा पठाउँदै आएको ड्रोन शक्तिशाली भएको बताइएको छ ।

अमेरिकाले यस्ता यसौं ड्रोन युक्रेनलाई दिएको छ । यस्ता ड्रोनबाट युक्रेनी फौजले रुसी सेनामाथि हमला गरिरहेको छ । रुसी सेनातर्फ यस्ता ड्रोनकै कारण क्षति पुर्याउँदै आएको छ । रुसलाई क्षति पुर्याउन तयारी अवस्थामा रहेका र अमेरिकी घातक ड्रोन कब्जा हुँदा युक्रेनलाई झट्का लागेको छ ।

केही दिन पहिले क्रिमिया पुलमाथि पनि युक्रेनले ड्रोनबाट हमला गरेको थियो । पुलमा क्षति पुगेको थियो । रुसले पुलमाथि भएको हमलाको बदलास्वरुप युक्रेनको राजधानी किभसहित १२ सहरमा एकै पटक मिसाइल हमला गरेको थियो । रुसी सेनाले ८४ मिसाइल प्रहार गरेको युक्रेनले जनाएको छ । युक्रेनले रुसी सेनाको हमलाबाट हुने क्षतिलाई लुकाउँदै आएको छ ।

रुसले सैन्य कारवाही सुरु गरेपछि पहिलो पटक एकै पटक १२ सहरमा मिसाइल हमला गरेको हो । पछिल्ला दिनमा रुस धेरै क्षेत्रबाट पछि हट्दै गएको हल्लाबीच भएको हमलामा सैन्य क्षेत्रलाई निसाना बनाइएको थियो । अमेरिका तथा नेटोले दिएका हतियार गोदाम, सैन्य क्षेत्रलाई मुख्य निसाना बनाएर रुसले मिसाइल प्रहार गरेको बताइएको छ ।

क्रिमिया पुलमाथि भएको हमलाको बदलास्वरुप मिसाइल प्रहार गरेको रुसले बताइएको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिमिया पुलमाथिको हमला आतं कवादी कार्य भएको बताउँदै त्यसको बदला लिने बताएका थिए । क्रिमिया पुलमाथि हमला भएको दुई दिनभित्र मिसाइल प्रहार गरिएको थियो ।

यही विषयमा ईयूमा प्रवेश गराइएको छ । युक्रेनले आफ्ना नागरिकलाई ताकेर ८४ मिसाइल प्रहार गरेको बताएको छ भने रुसले क्रिमिया पुलमाथिको हमला आतंक वादी भएको बताएको छ । युक्रेन कस्तो कार्य गर्न सक्छ भन्ने कुरा क्रिमिया पुलमाथिको हर्कतले देखाउने रुसले बताएको छ ।

पूर्वी युक्रेनका चार क्षेत्रमा भएको जनमत संग्रहपति रुससँग गाभिएपछिको यो पहिलो ठूलो हमला हो । उक्त क्षेत्रका नागरिक रुसी र भूमि रुसको भएको भन्दै पुटिनले त्यसको रक्षा गर्ने बताइसकेका छन् । क्रिमियालगायत जनमत संग्रहपछि गाभिएका भूभामा युक्रेनले दाबी गरे रुसले उच्च स्तरको हमला गर्ने बताएको छ । यसैबीच रुसले फेरि ठूलो हमलाको तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal