आज :

सिभिल अस्पतालकी डाक्टर ललितपुरमा मृत भेटिइन, प्रहरीले फेला अपर्यो यस्तो भिडियो

  • अनलाइन डबली

ललितपुर । ललितपुरको इमाडोलमा एक जना डाक्टर मृत फेला परेकी छन्।

सिभिल अस्पताल नयाँ बानेश्वरमा कार्यरत डाक्टर सुस्मिता पाठक मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी मनोज लामाले जानकारी दिए।

महोत्तरी जलेश्वर नगरपालिका-२ इमाडोलस्थित एउटा घरमा उनी डेरामा बस्दै आएकी थिइन्। मंगलबार दिउँसो २ बजेसम्म पनि उनको कोठाको ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो।

डिएसपी पाठकका अनुसार कोठा भित्रबाटै चुकुल लगाइएको थियो। खबर आएपछि प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलबाट प्रहरी परिचालन भएको थियो।

‘प्रहरी, जनप्रतिनिधि र आफन्तको रोहबरमा ढोका खोलिएको थियो। डाक्टर भुइँमा मृत फेला पर्नुभएको थियो,’ डिएसपी लामाले भने।

उनका अनुसार खाटमा औषधि भरिएको सिरिन्ज पनि फेला परेको थियो। यस्तै मृतकको दायाँ हातको हत्केलामा खाली सिरिन्ज थियो। उनको मोबाइलमा सिरिन्ज हान्दै गरेको भिडिओ पनि खिचेको फेला परेको छ।

डेरामा कुनै सुसाइड नोट भने फेला नपरेको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमको लागि पाटन अस्पताल लगिएको थियो। पोष्टमर्टमपछि शव मृतकको परिवारको जिम्मा लगाइसकेको परिसरले जनाएको छ।

घटनाबारे पोष्टमार्टम रिपोर्ट र अनुसन्धानपछि थप थाहा हुने लामाले बताए। यता काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा आगोले जलेकी एक युवतीको मृत्यु भएको छ ।

असोज २४ गते बिहान ३ः ४५ बजे होटलको कोठामै आगोमा परी चाबहिल बस्दै आएकी २३ वर्षीय युवती गम्भीर घाइते बनेकी थिइन् । सँगै कोठामा रहेका २६ वर्षीय प्रेमी केशव रिजालले उनलाई उपचारका लागि अस्पताल लगेपनि उनको मृत्यु भएको थियो ।

सोमबार बिहान पौने ४ बजे भएको घटनाका सम्बन्धमा प्रहरीलाई कुनै जानकारी नदिएको भन्दै प्रहरीले होटल सञ्चालक पदमुकमार श्रेष्ठलाई समेत पक्राउ गरेको छ ।

सोमबार बिहान पौने ४ बजे आगो लागेकी युवतीको उपचारका लागि सुरुमा वीर अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि युवतीलाई कीर्तिपुरस्थित अस्पतालमा पुर्याइएको थियो । तर त्यहाँ पनि उनको उपचार हुन नसकी सोमबार बिहान उनको मृत्यु भएको थियो ।

युवतीको मृत्युलगत्तै प्रहरीले सँगै कोठामा रहेका जितपुर सिमरा उपमहानगरपालिका १४ स्थायी घर भएका २६ वर्षीय केशव रिजाललाई पक्राउ गरेको थियो ।

रिजालसँगै होटल सञ्चालक ३७ वर्षीय पदम श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार युवतीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको छ ।

तर युवती आँफैले आगो लगाएकी हुन् कि अरु कसैले पेट्रोल छर्केर आगो लगाएको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कसले पेट्रोल लिएर गयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका केशव रिजाल र युवती प्रेमी–प्रेमिका रहेको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । पोष्टमार्टमका लागि युवतीको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal