आज :

रेशम चौधरी र लक्ष्मण थारू दुवैको उम्मेदवारी खारेज, यस्तो छ कारण

  • अनलाइन डबली

काठमाडौँ । बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी निर्वाचन कार्यालयले खारेज गरिदिएको छ।

जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीविरूद्ध परेको उजुरीका आधारमा मंगलबार उम्मेदवार बन्न अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गरिदिएको हो।

‘रेशम चौधरीको उम्मेदवारी खारेज भइसकेको छ,’ जिल्ला प्रहरी कार्यालय, बर्दियाका डिएसपी तथा सूचना अधिकारी प्रकाश सापकोटाले भने, ‘निर्वाचन अधिकृतको कार्यालयले यसबारे सूचना टाँस पनि गरिसकेको छ।’

उनको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले पनि पुष्टि गरे। यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–५ मा उम्मेदवारी दिएका लक्ष्मण थारूको पनि उम्मेदवारी खारेज भइसकेको छ।

रेशम चौधरीले स्थापना गरेको पार्टीबाट लक्ष्मणले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका थिए। उनीविरूद्ध सोमबार धनगढी–१५ का रामबहादुर सिंहले निर्वाचन कार्यालयमा उजुरी दिएका थिए। कर्तव्य ज्यान मुद्दामा दोषी ठर्‍याइ सजाय गरी निज फरार रहेको व्यहोरा उजुरीमा उल्लेख थियो।

उजुरी उपर मंगलबार दुवै पक्षका सबुत प्रमाण मागेर सोका आधारमा उनीहरूलाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेज हुने मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

रेशम चौधरी २०७४ जनता समाजवादी पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। पछिल्लो समय कारगारमै रहेपनि आफू संरक्षक र श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहने गरी नागरिक उन्मुक्ति पार्टी खोलेका थिए।

रञ्जिता हाल कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लड्न लागेकी छन्। चौधरीलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताइरहेका छन्। उनको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal