आज :

काठमाडौंमा दुईजना युवकमाथि खुकुरी प्रहार, केछ अवस्था, को हुन् उनीहरु ?

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा दुईजना युवकमाथि खुकुरी प्र हार भएको छ । खुकुरी प्रहारबाट नितेश राई र छिरिङ लामा घाइते भएका छन् । घाइते हुनेहरू दरबारमार्गस्थित प्लाटिनम क्लबका बाउन्सर हुन् ।

मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर डेरा जाँदै गरेका उनीहरूलाई मोटरसाइकल रोकेर ६–७ जनाको समूहमा आएकाहरूले आक्रमण गरेको प्रहरी वृत्त दरबारमार्गका एकजना अधिकृतले बताए ।

खुकुरी प्रहारबाट नितेशको खुट्टामा गहिरो चोट लागेको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार नितेशको खुट्टाको पिँडुला नै काटिएको छ ।

उनीहरूको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । प्लाटिनम क्लब काभ्रेका अमित लामासहितका व्यक्तिहरुले संचालन गरेका हुन् ।

सो क्लबमा केही समयअघि बाउन्सरसँग झगडा गरेको आरोपमा दरबारमार्ग प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । भोलिपल्ट उनीहरू मिलापत्र गरेर छुटेका थिए ।

सोही समूहले बाउन्सरलाई पछ्याएर आक्रमण गरेको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

यसैबीच दसैँदेखिको निरन्तरको वर्षाका कारण बाढी र पहिरोमा परेर कर्णाली प्रदेशमा ३३ जनाको ज्यान गएको छ भने ४ सयभन्दा बढी घर परिवार विस्थापित भएका छन्।

प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार पहिरोमा परेर जुम्लामा ९, मुगुमा ८, कालिकोट र हुम्लामा ४/४, जाजरकोटमा ३ ,डोल्पा र सल्यानमा २/२ जनाको ज्यान गएको छ ।

यस्तै दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले बताए । उनका अनुसार २२ जना अझै बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा धेरैजसो कालिकोटका रहेका छन् । यस्तै बाढी र पहिरोमा परेर २१ जना घाइते भएका छन् ।

घाइते हुनेमा कालिकोटका ७ जना रहेका छन् भने मुगु र हुम्लाका ५/५ जना रहेका छन् । यस्तै जुम्लाका २, रुकुम पश्चिमका १ जना र जाजरकोटका १ जना घाइते भएको श्रेष्ठले बताए ।

उनका अनुसार वर्षाका कारण प्रदेशका ४ सय ८० घर परिवार विस्थापित भएका छन् । तथ्याङ्क अनुसार सबैभन्दा धेरै दैलेखमा १ सय ३ घर परिवार विस्थापित भएका छन् ।

मुगुका १७८, जुम्लामा ८६, कालिकोटमा ४८, हुम्ला ४०, सल्यानमा ९, सुर्खेतमा ८, डोल्पामा ४ र जाजरकोट र रुकुम पश्चिममा २/२ वटा घरहरू विस्थापित भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal