आज :

पुटिनले सर्गेई सुरोविकिनलाई अप्रेसन कमाण्डर बनाएलगत्तै युक्रेनमा भिषण हमला, काे हुन् उनी ?

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेनाका उच्च कमाण्डर जनरल सर्गेई सुरोविकिनलाई युक्रेन सैन्य अप्रेशनको प्रमुख बनाइएको छ । लामो सैन्य अनुभव भएका सुरोविकिनलाई राष्ट्रपति भ्लादिमिर पुटिनले केही दिन पहिले मात्रै सैन्य अप्रेशन प्रमुखको बनाएका थिए ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार युक्रेनले क्रिमिया पुलमाथि हमला गरेपछि पुटिनले सुरोविकिनलाई उक्त जिम्मेदवारी दिएका थिए । कमाण्ड पाएको केही घण्टामै सुरोविकिनले युक्रेनका १२ शहरमा एकै पटक हवाई हमलाको योजना बनाए । राजधानी किभलगायत मुख्य शहरमा एकै पटक ८३ भन्दा बढी मिसाइल प्रहार भए ।

कमाण्डर सर्गेई सुरोविकिन लडाइँको अनुभव भएका सैन्य अधिकारी हुन् । सन् २०१७ सिरियामा हवाई हमलाको कमाण्ड पनि उनले नै गरेका थिए । त्यस्तै, २००४ मा चेचेन्यामा गार्ड डिजिजनको नेतृत्व र सन् १९९१ मा चेचेन्यामा भएको प्रदर्शनलाई नियन्त्रणमा लिन पनि सर्गेई सुरोविकिनले नै जिम्मा पाएका थिए । यी सबै घटनामा उनले कुशलतापूर्वक कार्य सम्पादन गरेका थिए ।

क्रिमिया पुलमाथि गरिएको विस्फोटको पुटिनले उच्च स्तरको हमलाबाट बदला लिन सुरोविकिनलाई जिम्मा दिएको बताइएको छ । युक्रेनको राजधानी किभमा तैनाथ गरिएको हवाई प्रतिरक्षा प्रणालीलाई फेल गराउँदै एकै पटक युक्रेनको राजधानीसहित १२ वटा शहरमा एकै पटक मसाइल प्रहार गरिए ।

हमलाको जिम्मा रुसले लगिसकेको छ । राष्ट्रपति पुटिनले क्रिमिया पुलमाथि गरिएको हमलाको बदला लिएको बताएका छन् । पुटिनले यो सामान्य पहिलो चरणको अध्याय मात्रै भएको भन्दै यो भन्दा ठूलो हमला हुन सक्ने चेतावनी दिएका छन् ।

हमलाबाट राजधानी किभसहितका सहरमा विद्युत, खानेपानी तथा संचार सेवा अवरुद्ध छन् । मिसाइल प्रहारको क्षतिको एकिन विवरण युक्रेनले जानकारी दिएको छैन । अहिलेसम्म १४ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरुले बताएका छन् । तर, क्षति यो भन्दा धेरै भएको हुन सक्ने बताइएको छ । मिसाइल हमलाबाट अग्ला भवन ध्वस्त भएका छन् भने जमिनका गहिरा खाडल देखिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal