आज :

८३ मिसाइल प्रहारपछि रुसले भन्यो- यो पहिलो अध्याय मात्रै, बास्तविक तागत अब देख्छन्…

  • अनलाइन डबली

काठमाडौं । युक्रेनको राजधानी किभसहित मुख्य शहरमा भएको मिसाइल हमला पहिलो अध्याय मात्रै भएको रुसले प्रतिक्रिया जनाएको छ । अमेरिकासहित पश्चिमा देशहरुले मिसाइल हमलाको विरोध जनाइरहेको बेला रुसी अधिकारीहरुले यो पहिलो अध्याय मात्रै भएको भन्दै फेरि ठूलो हमला गर्न सक्ने संकेत गरेको छ ।

युक्रेनका सेना प्रमुखले रुसले ८३ वटा शक्तिशाली मिसाइल प्रहार गरेको जनाएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मिलाइल हमला गरेको पुष्टी गर्दै क्रिमिया पुलमाथि गरिएको हमलाको बदला लिएको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । क्रिमियालाई रुससँग जोड्न एकमात्रै पुलमा युक्रेनी सेनाले विस्फोट गराएको थियो । उक्त कार्यबाट पुटिन आक्रोसित भएका थिए ।

रुसले राजधानी किभसहित युक्रेनको लवीव, खार्किभ, द्नीप्रो, जापोरिज्ज्यामा सैन्य तथा सामारिक महत्व बोकेका इलाकामा लामो दूरीका मिसाइल प्रहार गरेको छ । सैन्य कारवाहीको सुरुका दिनमा जस्तै सोमबार विहानै किभमा साइरन बजेका  थिए । केही स्थानमा एकपछि अर्को हमला भएका थिए । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले मिसाइल हमलापछि भएको क्षतिको भिडियो र फोटो सार्वजनिक गरेका छन् । अहिलेसम्म २० जनाको ज्यान गएको बताइएको छ भने दर्जनौं घाइते भएका छन् ।

रुसले गर्ने हमलालाई विफल पार्न भन्दै अमेरिकाले दिएको एयर डिफेन्स सिस्टम किभमा तैनाथ छ तर पनि हमला रोक्न सकेनन् । हमला हुनु पूर्व साइरन बजेका थिए तर किभका मुख्य स्थानमा एकपछि अर्को हमला भइरहे । युक्रेनको सेनाले ४३ मिसाइल हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई डराउन नसक्ने र सबै कुराले आफूहरुलाई थप एकताबद्ध बनाउने बताएका छन् । मिसाइल हमलापछि विद्युत र पानी तथा संचार सेवा अवरुद्ध भएको बताइएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मिसाइल हमलाबाट आफू अत्यन्तै स्तब्ध भएको बताएका छन्। त्यसैगरी अमेरिकाले निन्दा व्यक्त गरेको छ तर रुसले भने फेरि पनि हमला हुन सक्ने संकेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal