आज :

गाईलाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्ने माग सर्वोच्च अदालतबाट खारेज

  • अनलाइन डबली

काठमाडौं । गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको सर्वोच्च अदालतमा दायर भएको निवेदन खारेज भएको छ ।

गाईलाई भारतको राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको गैरसरकारी संस्था गोवंश सेवा सदन लगायतले भारतको सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।

तर न्यायाधीशहरुले अनावश्यक रिट दर्ता गराएको भन्दै खारेज गरिदिएका हुन् । रिट निवेदनमा गाईलाई मुलुकको राष्ट्रिय जनावर घोषणाका लागि सरकारलाई आदेश दिन माग गरिएको थियो ।

सुनुवाइका क्रममा न्यायाधीशहरु एस. के. कौल र अभय एस ओकाले गाईलाई राष्ट्रिय जनावर नबनाउँदा कुन मौलिक अधिकार प्रभावित भएको छ ? भनी निवेदकसँग प्रतिप्रश्न गरेका थिए । साथै उनीहरुले गाईलाई राष्ट्रिय जनावर बनाउने कि नबनाउने भन्ने कुराको फैसला गर्ने काम अदालतको हो र ? भनेर पनि प्रतिप्रश्न गरेका थिए ।

निवेदनकर्तालाई चेतावनी दिँदै न्यायाधीशहरुले भने– ‘उल्टै जरिवाना लगाउनु पर्ने खालका निवेदन किन गर्नुहुन्छ ? कुन मौलिक अधिकारको उल्लंघन भयो ? तपाईं अदालत आउनुभयो भन्दैमा हामीले नकारात्मक नतिजाको परवाह नगरीकनै फैसला गरौं ?’

निवेदनकर्ताको तर्फबाट पेश भएका वकिलले अदालतमा बहस गर्दै गाईको सुरक्षा निकै महत्वपूर्ण रहेको बताएका थिए ।

तर इजलासले उक्त रिट निवेदन अनावश्यक भएको भन्दै उल्टै जरिवाना लगाउने चेतावनी दिएपछि रिट निवेदनकले निवेदन फिर्ता लिए र अदालतले उक्त मुद्दा नै खारेज गरिदिएको छ । भारतको राष्ट्रिय जनावर पाटे बाघ हो । –एजेन्सी

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal