आज :

रुसद्वारा युक्रेनको राजधानी किभमा ७५ वटा क्षेप्यास्त्र प्रहार, पुटिनले दिए यस्तो कडा चेतावनी

  • अनलाइन डबली

काठमाडौँ । रुसको सेनाले युक्रेनको राजधानी किभमा एकै दिन दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको छ । लामो समयदेखि शान्त रहेका किभमा फेरि साइरनसँगै क्षेप्यास्त्र प्रहार भएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सोमवार बिहानै किभका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिएका थिए ।

क्षेप्यास्त्र प्रहार भएको पुष्टि गर्दै युक्रेनको आन्तरिक मामिला मन्त्रालयले ७५ वटा क्षेप्यास्त्र प्रहार गरिएको थियो । करिब ४१ वटा क्षेप्यास्त्र निष्क्रिय पारेको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ । हमलामा परी २० जनाको मृत्यु हुनुको साथै जर्दनौं घाइते भएको बताइएको छ ।युक्रेनको राजधानी सहरको केन्द्रमा स्थानीय समय अनुसार बिहानको ८ बजे लगत्तै कम्तीमा दुई वटा विस्फोटनको आवाज सुनिएको थियो । ती विस्फोटनहरू युक्रेन युद्धको सुरुमा भएका रुसी हवाई हमलामा भन्दा निकै धेरै केन्द्र भागमा सोझिएको बीबीसीले जनाएको छ ।

रुसको अधीनस्थ क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएको दुई दिनपछि भएको छ । सामाजिक सञ्जालमा राखिएका तस्बिर तथा भिडिओहरूमा किएभको कैयौँ भागहरूबाट धुवाँको मुस्लो उडिरहेको देखिन्छ । किएभमा रहेका बीबीसी संवाददाता पोल एडम्सका अनुसार हवाई हमलाको पूर्वजानकारी दिने साइरनहरू झण्डै ९० मिनेट अघि बजेका थिए ।

हमलाबारे युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मोमवार बिहान युक्रेनभर भएका हवाई हमलाहरूले रुसले संसारबाट युक्रेनको नामनिसान मेटाउन चाहेको बताए । किएभ, जेपोरिजा र डिनिप्रोमा भएका विस्फोटनलाई जनाउँदै त्यो युक्रेनभरि कम नहुने बताए । जेलेन्स्कीले युक्रेनी नागरिकहरूलाई घरमै बस्न अपील समेत गरे ।

रुसले किभमाथि क्षेप्यास्त्र हमला गरेको बताएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमियालाई रुससँग जोड्ने एउटा प्रमुख पुलमा गरिएको आक्रमणको बदलामा युक्रेनको राजधानीसहित अन्य क्षेत्रमा व्यापक हमला गरिएको पुष्टि गरे । उनले उक्त पुलमा गरिएको आ क्रमणलाई आत ङ्ककारी कार्य भनेका छन् । पुटिनले रुसले युक्रेनको उर्जा, सैन्य र सञ्चार सेवा लक्षित आक्रमण गरिरहेको बताए । यो भन्दा ठूलो हमला हुन सक्ने पुटिनले चेतावनी समेत दिएका छन् ।

हमलासँगै किभमा भागदौड मच्चिएको विवरण सार्वजनिक भएका छन् । साइरनसँगै किभको वातावरण फेरि तनावग्रस्त रहेको बताइएको छ । थप हमला हुन सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् । अमेरिका तथा नेटो देशहरुले दिएको एयर डिफेन्स सिस्टमले काम नगरेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal