![](https://onlinedabali.com/wp-content/uploads/2022/10/310951511_470523341798963_3.jpg)
काठमाडौं निर्वाचन क्षेत्र नं ८(२) प्रदेश सभा बाट लक्ष्मण शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ । शाहीले काठमाडौं निर्वाचन क्षेत्र नं ८(२) प्रदेश सभा मा युवाहरुको भविस्य र राजनैतिक नेतृत्व समयको आवस्यकताको निमित्त स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताउनु हुन्छ । शाहीले काठमाडौं निर्वाचन क्षेत्र नं ८(२)मा विभिन्न सामाजिक संस्थामा आबद्ध रहि दशकौ स्थानीय जनताहरुको सेवा गरी आफ्नो आधा जीवन जनतामा समर्पित गरेका छन् । आफ्नो जन्म काठमाडौं निर्वाचन क्षेत्र नं ८(२) को कामपा १५ भएको हुनाले आफ्नै क्षेत्र मा केहि गर्नुपर्छ भन्ने उदेश्यका साथ स्थानीय,युवा तथा महिलाहरुको सुझावमा आफ्नो उम्मेदवारी दिएको बताउनु भयो। काठमाडौं निर्वाचन क्षेत्र नं ८(२) का स्थानीय तथा युवाहरुको भविस्यको निमित्त क्षेत्रको विकासको लागि शिक्षित एवं राजनीतिक ज्ञान भएको युवा अहिलेको परिस्थितिमा आवश्यकता भएको हुनाले अब पालो युवाको नाराका साथ आफु अगाडि बढेको बताउनु भयो । काठमाडौं निर्वाचन क्षेत्र नं ८(२) प्रदेश सभाका स्थानीय जनता,युवा तथा महिलाहरु सबैले सहयोग गरि आफू लाई जिताउने प्रतिबद्धता जनाएको शाहीले बताउनु भयो।