आज :

युक्रेनको अर्को सहर पनि रुसमा गाभियो ! पुटिनले गरे घोषणापत्रमा हस्ताक्षर, खार्किभ कब्जाको तयारी 

  • अनलाइन डबली

काठमाडौं । युक्रेनको अर्को सहर पनि रुसमा गाभिएको छ । डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिजियासँग मिल्दोजुल्दो अर्को सम्झौतामा रुसी संघका राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । पुटिनले युक्रेनको दक्षिणमा रहेको उक्त क्षेत्रका बासिन्दाहरू रूसी संघका नागरिक भएको घोषणा पनि गरे ।

पुटिनले यसअघि गाभिएका चारै क्षेत्रमा रुसी प्रशासक पनि नियुक्त गरिसकेका छन् । जसमा डोनेट्स्कमा डेनिस पुशिलिन, लुहान्स्कमा लियोनिद पासेचनिक, जापोरिझियामा येभेन बालीत्स्की, र खेर्सन ओब्लास्टका भोलोडिमिर साल्डोलाई प्रशासन संचालनको जिम्मा दिइएको छ । उनीहरुले रुससँग गाभिएको घोषणापत्रमा हस्ताक्षर समेत गरेका छन् ।

रुससँग गाभिएका क्षेत्रको नोभोरोसिया राखिएको छ । पुटिनले सोभियत संघ ब्यूताउने खोजेको भन्दै आरोपको खण्डन गर्दै सोभियत संघलाई फिर्ता ल्याउन नसकिने बताएका छन् । उनले रुसलाई अब सोभियत संघ आवश्यकता नभएको बताउँदै लुहान्स्क, डोनेट्स्क, खेर्सन र जापोरिज्जियामा बस्ने मानिसहरू सधैंभरि रुसका नागरिक भएको घोषणा समेत गरेका  थिए । त्यहाँ बस्ने नागरिक र भूमिको रक्षा आफ्नो सेनाले गर्ने समेत पुटिनले बताए ।

पुटिनले पहिलो पटक औपचारिक रुपमा युक्रेनलाई सबै शत्रुता बन्द गर्न र वार्ताको टेबलमा फर्कन आग्रह गरे। उनले त्यसको लागि आफूहरु तयार रहेको समेत बताए । पुटिनले पश्चिम देशहरुले रुसविरुद्ध ‘हाइब्रिड युद्ध’ लडिरहेको बताउँदै त्यसलाई पराजित गर्न आफ्नो सेना सक्षम रहेको समेत बताए ।

पुटिनले रसोफोबिया जातिवाद हो भएको बताउँदै पश्चिमले लामो समयदेखि रूसलाई उपनिवेश जस्तै व्यवहार गरेको समेत दाबी गरे । उनले रुसले आफ्नो ऐतिहासिक अखण्डता पुनर्स्थापित गर्ने र महान् ऐतिहासिक रूसको लागि आफ्ना सन्तानहरूलाई दासत्व र राक्षसी प्रयोगहरूबाट बचाउनको लागि संघर्ष जारी रहेको बताए । उनले विश्वभर औपनिवेशिक विरोधी आन्दोलन बढ्ने र पश्चिमी आधिपत्यको पतन अपरिहार्य रहेको बताएको रुसी संचारमाध्यमहरुले बताएका छन् ।

चार क्षेत्र रुसमा गाभिएको घोषणासँगै रुसी सेनाले युक्रनमा हमला तेज पारेको छ । केही दिनदेखि लडाइँ सुस्त रहेको युक्रेनको क्षेत्रिय राजधानी खारकिभमा पनि रुसी सेनाले नयाँ अत्याधुनिक ट्यांक तैनाथ गरेको छ । त्यस्तै सुखोइ २५ लडाकु बिमानबाट हमला गरेको रुसी रक्षा मन्त्रालयले जारी गरेको छ । यस्तै हमला जारी राखे केही दिनमा खारकिभ पनि रुसले कब्जा गर्ने बताइएको छ । खारकिभका धेरै क्षेत्रबाट युक्रेनी फौज लखेटिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal