आज :

निर्वाचन आयोगले उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने सीमा तोक्यो, कुन क्षेत्रमा कति ?

  • अनलाइन डबली

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । मंसिर ४ गते हुने चुनावको लागि निर्वाचन क्षेत्रलाई बर्गीकरण गरेर आयोगले खर्चको सीमा तोकेको हो । आयोगले तोकेको सीमा अनुसार उम्मेदवारले २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने भएका छन् ।

मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको आयोगले जनाएको छ । आयोगले मतदाताको संख्यालाई ६० प्रतिशत भार मानेर सीमा तोकेको छ । त्यस्तै मतदान केन्द्र संख्या र निर्वाचन क्षेत्रले आगटेको क्षेत्रलाई २०/२० प्रतिशत भार मानिएको आयोगले जनाएको छ ।

सबैभन्दा कम खर्च काठमाडौंका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारलाई आयोगले तोकेको छ । काठमाडौं १, ३, ६, ७ र ८ का उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउने आयोगले निर्णय गरेको छ । यस्तै तेह्रथुम, पर्सा १, २ र ३, रसुवा, काठमाडौं २, ४, ५, ९ र १० भक्तपुर २, ललितपुर २ र ३, मनाङ, कास्की २ र रुकुम पूर्वका उम्मेदवारले २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ ।

त्यसैगरी ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । झापा १ र ४ , मोरङ ४, ५ र ६, सुनसरी ३ र ४, उदयपुर २, सप्तरी २, ३ र ४, सिराहा १,२,३ र ४, धनुषा १,२,३ र ४, महोत्तरी १, २, ३ र ४, सर्लाही २ र ४, रौतहट १,२,३ र ४, बारा २,३ र ४, पर्सा ४, नुवाकोट २, भक्तपुर १, चितवन २, गोरखा २, कास्की १, स्याङ्जा २, मुस्ताङ, बाग्लुङ २, गुल्मी २, पाल्पा १ र २, रुपन्देही २, ३ र ४, कपिलवस्तु ३, बाँके २ र ३, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम १ र २, दैलेख १ र २, अछाम १ र २, कैलाली १, २, ३ र ५, कञ्चनपुर १, २ र ३ का उम्मेदवारले २९ लाखसम्म खर्च गर्न पाउने भएका छन् ।

इलाम १ र २, झापा २, ३ र ५, भोजपुर, धनकुटा, मोरङ १, २ र ३, सुनसरी १ र २, ओखलढुंगा, उदयपुर १, सर्लाही १ र ३, बारा १, सिन्धुली १ र २, धादिङ १ र २, नुवाकोट १, सिन्धुपाल्चोक १ र २, चितवन १ र ३, कास्की ३, तनहुँ २, स्याङ्जा १, नवलपरासी बर्दघाट सुस्ता पूर्व १ र २, म्याग्दी १, पर्वत १, गुल्मी १, रुपन्देही १ र ५, कपिलवस्तु १ र २, दाङ २ र ३, बाँके १, मुगु, जुम्ला, कालीकोट, सुर्खेत १ र २, रुकुम पश्चिम, बाजुरा, कैलाली ४, दार्चुला र डडेलधुरासहित ५२ वटा निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुले ३१ लाख रुपैयाँसम्म चुनावमा खर्च गर्न पाउनेछन् ।

सबभन्दा धेरै खर्च तप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रे १ र २, मकवानपुर १ र २, गोरखा १, लमजुङ, अर्घाखाँची, रोल्पा, प्युठान, दाङ १, बर्दिया १ र २, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले गर्न पाउने भएका छन् । उनीहरुले ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ ।

त्यसैगरी आयोगले समानुपातिकको हकमा दलहरुले पेश गरेको बन्दसूचीमा सूचिकृत परेका उम्मेदवारले २ लाख र प्रदेशसभाका समानुपातिक उम्मेदवारहरुको हकमा १ लाख ५० हजार चुनाव खर्च निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal