आज :

फुटबल खेल्ने क्रममा क्रममा भागदौड मच्चियो, थुप्रै मानिसको मृत्युपछि यस्तो आयो राष्ट्रपतिको आदेश

  • अनलाइन डबली

जकार्ता । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२७ भन्दा बढीको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएफपीले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताएअनुसार खेलका क्रममा भएको हिंसामा करिब १२७ जनाको मृत्यु भएको हो ।

रोयटर्सले इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा १२७ जनाको मृत्यु भएको र १८० जना घाइते भएको जनाएको छ ।

यसलाई विश्वमा भएको हालसम्मको सबैभन्दा भयानक स्टेडियम दुर्घटना बताइएको छ । खेल पूर्वी जाभा प्रान्तको अरेमा एफसी र पर्सेबाया सुराबाया बिच चलिरहेको थियो ।

अरेमा एफसी हारेको देखेर फ्यानहरु मैदान प्रवेश गर्न थाले । भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको थियो । यस अराजकतामा स्टेडियममा भागदौड मच्चिएको थियो ।

इन्डोनेसियाको फुुटबल असोसिएसनले शनिबार राती बयान जारी गरेर यो घटनामाथि दुःख व्यक्त गर्दै पूरा घटनाको अनुसन्धानका लागि एउटा समूह मलंग पठाएको जानकारी दियो ।

बयानमा भनिएको छ – कंजरुहान स्टेडियममा अरेमाका समर्थकले जे गरे त्यसमा पिएसएसआईलाई खेद छ । हामी मृतकका परिवार र यो घटनाबाट प्रभावित व्यक्तिहरुसँग माफी माग्छौँ । पिएसएसआईले तत्काल यसको अनुसन्धानका लागि टिम गठन गरेको छ जुन मलंगका लागि प्रस्थान गरिसकेको छ ।’

यो घटनाक्रममा १८० जना घाइते छन् । अरेमा एफसीमाथि यो सिजनका लागि प्रतिबन्ध लगाइएको छ । देशका मुख्य सुरक्षामन्त्रीले स्टेडियमको क्षमताभन्दा बढी दर्शक उपस्थित भएको पनि बताए । स्टेडियममा क्षमताभन्दा करिब ४ हजारभन्दा बढी मानिस थिए ।

राष्ट्रपति जोको विडोडोले अनुसन्धान पूरा हुञ्जेल इन्डोनेसियाको शीर्ष फुटबल लिगका सबै खेल रद्द गर्न आदेश दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal