आज :

लुकेकै ठाउँमा प्रहरी पुग्ने भएपछि २० गते नेपाल फर्किँदै सन्दीप, एयरपोर्टबाटै पक्राउ गर्ने प्रहरीको तयारी 

  • अनलाइन डबली

काठमाडौँ । जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेले नेपालका सीमा प्रवेश गर्ने वित्तिकै पक्राउ गर्ने प्रहरीले जनाएको छ । सामाजिक संजालमा आफू नेपाल फर्किने लेखेसँगै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गर्ने तयारी गरेको हो । करणीको आरोपसँगै निलम्बनमा परेका लामिछाने केही दिन सम्पर्कविहीन बनेका थिए । शनबिार फेसबुकमा आफू निर्दोष रहेको दाबी गर्दै यही २० गते नेपाल फर्किने लेखेका छन् । उनले अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने समेत बताएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता दिनेशराज मैनालीका अनुसार लामिछाने नेपालको सीमा प्रवेश गरेपछि पक्राउ गरेर बयान लिने प्रहरीले तयारी गरेको छ । आत्मसमर्पण गर्ने लामिछानेको घोषणालाई प्रहरीले सकारात्मक लिएको छ । “ठूलो आशा र तागत बटुलेर म अक्टोबर ६ मा आफ्नो देश नेपाल फर्किन लागेको छु र ममाथि लगाइएका झूटा आरोप विरुद्ध कानुनी लडाइँका लागि म प्रशासनसमक्ष उपस्थित हुनेछु,” सन्दीपले फेसबुकमा लेखेका छन् । आफू निर्दोष रहेको दाबी दोहो¥याउँदै उनले अदालत र प्रहरीबाट आफूमाथिको अभियोग छानबिनमा निष्पक्ष व्यवहार हुने अपेक्षा गरेको बताएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गर्दै मैत्रीपूर्ण टी–२० र एक दिवसीय शृङ्खलाका लागि केन्या पुगेका लामिछाने त्यतैबाट क्यारिबीअन लीग खेल्नका लागि जमैका पुगेका थिए । सन्दीप सम्पर्कमा नआएपछि नेपाल प्रहरीमा आग्रहमा इन्टपोलमा नोटिस जारी समेत भएको थियो । इन्टरनेशनल क्रिमिनल पोलिस अर्गनाइजेशन इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको थियो । यस्तो नोटिसमा नेपालको प्रहरीले सन्दिग्ध व्यक्तिलाई पक्राउ गर्न खोजिरहेको भन्ने जानकारी इन्टरपोलको सञ्जालबाट अन्य देशका प्रहरीहरूलाई उपलब्ध गराइन्छ ।

सन्दीपले आफूविरुद्ध डिफ्यूजन नोटिस जारी भएको जानकारी पाएपछि नेपाल फर्किने बताएको प्रहरीले स्रोतले बताए । “उतै पक्राउ गर्ने थाहा पाएपछि उनले आफै आएर आत्मसमर्पण गर्ने कुरा गरेका छन् । यो सकारात्मक छ । यदि नभए हामी अगाडि बढ्छौं” प्रहरी उच्च स्रोतले बतायो । उनलाई नेपाल फर्किन कुनै बाधा नहुने समेत प्रहरीले स्रोतले बतायो ।

एक नाबालिग किशोरीले लामिछानले नेपालमा आफूलाई जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएको नेपाल प्रहरीले बताएको थियो । गत भदौ २३ गते काठमाडौं जिल्ला अदालतले उनीमाथि थप अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको थियो । तर, सन्दीप नेपाल नफर्केका कारण अनुन्धान हुन सकेको छैन ।

सन्दीपले दिउँसो नगरकोट घुमेर साँझ गौशालाको एक होटलमा ल्याएर आफूलाई जबरजस्ती करणी गरेको एक युवतीको उजुरी परेको छ । पीडित युवतीका आफन्तले भदौ २१ गते गौशाला प्रहरी कार्यालय उजुरी दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal