आज :

मेयर बालेनको बिरुद्ध मसाल जुलुस प्रदशन

  • अनलाइन डबली

काठमाडौँ। नेवा : समुदायले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको बिरोधमा मसाल जुलुस प्रदशन गरेको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार मध्य–सहरको थायमदू (बांगेमुढा) स्थित ४४ वर्ष पुरानो नेवा: आन्दोलन संग इतिहास जोडीएको सामुदायिक ‘थायमदु त्वाः छेँ’ घरमा डोजरलागाई भत्काए पछी नेवा : समुदाय मेयर बाले बिरुद्द मसाल जिलुस तथा प्रदशनमा उत्रिएको हो ।
नेवा : समुदाय अवद्दा १८ वटा विभिन्न संघ सस्थाले एक्यवद्दता जनाई आज शनिबार भित्रि शहर थायमदू (बांगेमुढा)मा कोण सभा गरि नेवा : अगुवाले महानगर ददागीदीको शैलीमा उत्रिएको बताए ।

अदालतमा मुद्दा विचाराधीन रहेको कागजपत्र देखाउँदा देखाउँदै महानगरले ठूलो संख्यामा नगर प्रहरी र जनपद प्रहरी बल प्रयोग गरेर स्थानीय बासिन्दालाई लछारपछार पार्दै डोजर चलाएको स्थानि बासीको आरोप छ।
२०४६ सालको पञ्चायति ब्यबस्था बिरुद्द राजनैतिक ब्यबस्था परिवर्तनका लागि नेवा: आन्दोलनकारीको मुख्य कार्यालय स्थानको रुपमा परिचित यस सामुदायिक घर विभिन्न सामुदायिक गतिविधिमा प्रयोग गर्न स्थानीयकै स्रोत र श्रमदानमा निर्माण गरिएको घरमा महानगरको डोजर चलेपछि स्थानीय आन्दोलित भएका छन्। उनीहरूले अदालतको अवहेलना सम्बन्धि मुद्दा हाल्ने तयारी गरेका छन्।
आन्दोलमा उपस्थित स्थानीय , समुदायले मेयर बालेनको राजिनामा र चर्को नाराबाजी गर्दै पुत्ला समेत जलाय। कोणसभा पश्चात भित्रि सहरमा मसाल जुलुस निकाली प्रदशन गरे। आन्दोलमा उत्रेका समुदाय ले भत्काइएको सो घर महानगरले नै पुनः निर्माण गर्नु पर्ने माग राखी प्रदशनका कार्येक्रमलाइ निरन्तरता दिने बताए।

यस्तो छ भत्कायिएको सामुदायिक ‘थायमदु त्वाः छेँ’ घरको इतिहास :

२०३३ सालमा निर्माण सुरू भएको घर २०३५ सालमा मात्र पूरा भएको यस ‘थायमदु त्वाः छेँ’ घर विभिन्न समुदायको स्रोत र श्रमदानमा निर्माण गरिएको मानिछ ।
विगतमा सार्वजनिक सौचालयको रुपमा प्रयोग भइरहेको उक्त स्थानमा २०३४ सालमा स्थानीय वासिन्दाले आर्थिकको साथमा जन श्रमदानसमेत गरी उक्त भवन बनाएको स्थानीय ८२ वर्षीय गुह्येरत्न शाक्यले बताउनु हुन्छ ।

समुदायको सक्रियतामा  बिस्तारै  ‘थायमदु त्वाः छेँ’ घर बांगेमुढाका लागि महत्वपूर्ण स्थल बन्दै गएको  भाषा आन्दोलक कारी तथा नेवा: अग्रज मल्लके सुन्दर बताउछन ।  ‘ स्थानीयहरू सामुदायिक कार्यका लागि भेला हुनुपरे र टोलका कुनै विषयमा छलफल गर्नुपरे त्यही घरमा जम्मा हुन्थे। टोलका सानातिना समस्या मात्र होइन, ठूल्ठूला राजनीतिक मुद्दामा छलफल गर्न पनि हामीले धेरैचोटि त्यो घर प्रयोग गर्‍यौं, २०४६ सालको जनआन्दोलन बेला राजनीतिक नेताहरूको धेरै महत्वपूर्ण बैठकहरू त्यही घरमा भूमिगत रूपले भएका छन्।’ उहाले सुनाय

यसबीच उक्त सामुदायिक घरमा नेपाल भाषा मंका खलः र नेपाल आदिवासी जनजाति महासंघको कार्यालय बसेको इतिहास रहेको पाइएयेको छ ।

हाल त्वाःछेँ भवनको पहिलो तल्लाबाट त्वाःछेँ समिति र शहिद शुक्र क्लबको कार्यालय संचालनमा छ भने दोश्रो तल्लामा वडाका सागम्रीहरु नै भण्डारण गरिएको छ । तत्कालीन २८ वडा कार्यालय समेत संचालन भएको उक्त भवनलाई अहिले २५ वडाले वडाको भनी दावी गर्दै आएको बिषय हाल अदालतमा विचाराधीन रहेको छ  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal