आज :

जेलेन्स्कीले बल्ल पोख खोले, पुटिनले चार क्षेत्र रुससँग गाभ्नुको कारण खुल्यो

  • अनलाइन डबली

काठमाडौँ । रुसले आफ्नो चार क्षेत्र गाभेको घोषणासँगै युक्रेनका राष्ट्रपति भोलोमिदिर जेलेन्स्कीले पनि मुख खोलेका छन् । जेलेन्स्कीले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्य हुनका लागि एउटा नयाँ र छिटो हुने प्रक्रियाका लागि प्रयास थालेको जानकारी दिएका छन् ।रुसले सैन्य कारवाही सुरुपछि पटक पटक नेटोमा सहभागी नहुने घोषणा गर्दै आएका जेलेन्स्कीले पहिलो पटक नेटोमा जोडिनको लागि हस्ताक्षर गरेको खुुलासा गरेका हुन् । उनले त्यसलाई आवेदनलाई तीब्रता लिन हस्ताक्षर गरेको समेत खुलासा गरेका छन्

राजधानी किभमा प्रधानमन्त्री र संसदका सभामुखलाई साँची राखेर जेलेन्स्कीले भने, “हामीले नेटोमा जोडिनका लागि युक्रेनको आवेदनलाई तीव्रता दिन निर्णायक कदमका लागि हस्ताक्षर गरेका छौँ ।” उनले युक्रेन लामो समयदेखि ‘डि फ्याक्टो’ (कानुनी रूपले नबाँधिए पनि वास्तविक रूपमा) सदस्य रहेको बताउँदै रुसले सिमानालाई फेरबदल गर्ने गरेको आरोप लगाए । उनले रुसले झुक्काउने काम, गलत व्यवहार र झुटहरू प्रयोग गरेको आरोप पनि लगाए ।

जेलेन्स्कीको यो खुलासासँगै रुसले छिटोछिटो पूर्वी र दक्षिणका चार क्षेत्रलाई गाभ्नुको कारण खुलेको बताइएको छ । जेलेन्स्कीले बारिह नेटोको सदस्यता नलिने बताउँदै गरेपनि भित्रभित्रै प्रक्रिया अगाडि बढाइरहेको खुलाएका छन् । यही बुझेर नै रुसले सैन्य कारवाही सुरु गरेको र जनमत संग्रह गराएर चार क्षेत्र गाभेको रक्षाविज्ञहरुले बताएका छन् ।

अमेरिका र नेटो देशहरुले युक्रेनलाई सहयोग गर्नुको कारण पनि पत्ता लागेको छ । भित्रभित्रै आफ्नो सदस्य मानिसकेकोले सैन्य अस्त्र र लडाकु पठाइरहेको पनि खुलेको छ । नेटोले सेना नपठाएपनि रुससँग भिड्न अमेरिकाले युक्रेन हतियार पठाइरहेको भित्रैभित्रै कारण पनि खुलेको छ ।

युक्रेनका पूर्वी लुहान्स्क र डोनेट्स्क तथा दक्षिणको जापोरिजायामा भएको जनमत संग्रहको फैसलाअनुसार रुसले चारै क्षेत्रलाई रुससँग गाभेको छ । रुससँग गाभिने कि युक्रेनमै रहने भन्ने विषयमा गरिएको जनमत संग्रहमा ९९ प्रतिशतले रुससँग गाभिने पक्षमा मत व्यक्त गरेका थिए । चारै क्षेत्रका स्थानीय नेतृत्वले रुससँग गाभ्ने अनुरोध पत्र लेख्दै जनमत संग्रहको घोषणा गरेका थिए । जनमत संग्रहको सम्मान गर्ने बताउँदै रुसी राष्ट्रपनि भ्लादिमिर पुटिनले चारै क्षेत्र रुससँग गाभिएको घोषणापत्रमा हस्ताक्षर गरेका थिए । सोही पत्रमा चारै क्षेत्रका नेताहरुले पनि हस्ताक्षर गरेका छन् ।

पुटिनले अब ती क्षेत्र रुसका अंग भइसकेको बताउँदै रक्षा गर्ने समेत बताएका छन् । चार क्षेत्रका सुरक्षाको लागि रुसले थप सैनिक पठाउने तयारी गरेको छ । रिजर्ब सैनिकलाई साइबेरियामा तालिम दिइरहेको छ । उनीहरुलाई तालिम सकिएलगत्तै युक्रेन पठाउने रुसले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal