आज :

आजबाट दशैं बिदा, घर फर्किनेको भिड

  • अनलाइन डबली

काठमाडौं । सरकारले आजबाट दशैं बिदा दिएको छ । सरकारी कार्यालय बिदा भएसँगै घर फर्किनेको भिड हिजो अस्तीभन्दा बढेको छ । शुक्रबार सरकार कार्यालयसँगै निजि कार्यालय पनि बन्द भएका छन् । घटस्थापनादेखि केही शैक्षिक संस्था बन्द भइसकेका थिए भने हिजोबाट पूर्णरुपमा बन्द भएका छन् ।

आज शनिवार र भोलि फूलपाती भएकाले अत्यावश्यक बाहेकका कार्यालय र सेवा आजदेखि बन्द भएका छन् । शुक्रबार कार्यालय हाजिर गरेर कतिपय मानिसहरु हिडिसकेका छन् भने आज र भोलि घर फर्किनेको धेरै भिड बढेको प्रहरीले बताएको छ । जागिर र पढाईलगायतका कामले घर छोडेकाहरु दशैंमा घर फर्किने हुँदा गाउँमा चहलपहल बढेको छ । त्यस्तै विदेश गएकाहरु पनि घर फर्किरहेका छन् ।

काठमाडौं उपत्यकाबाट मात्रै २०  देखि २५ लाख मानिसहरु बाहिरिने ट्राफिक प्रहरीले  जनाएको छ । यात्रुले टिकट काट्ने र बस चढ्ने कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा घर फर्किनेको विहानैबाट भिड लागेको छ । यी स्थानमा प्रहरीले सहायता कक्ष पनि राखेको छ ।

भिडभाडको यात्रा असुरक्षित हुने भएको बताउँदै प्रहरीले ध्यान दिन आग्रह गरेको छ । प्रहरीले छतमा नचढ्न, गाडीमा नझुन्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ । यस्तै गाडीकाे चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेटमार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने गाडीलाई कारबाही गर्न सादा पोसाकमा पनि प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तोकिएकोभन्दा बढी भाडा नलिन र ट्राफिक नियमको पालना गर्न प्रहरीले यातायात व्यवसायीसँग आग्रह गरेको छ ।

दशैँमा मानिसहरु बाहिरिने भएकाले काठमाण्डाै उपत्यकामा भिडभाड कम हुने भएकाले मानिसको चाप कम भए पनि चोरी लगायतका घटना हुन सक्ने भएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ । मोबाइल गस्ती, पैदल गस्ती, पिकेट, क्यूआरटी, सादा पोसाकका प्रहरीको परिचालन, सीआरभी, सीसीटीभी निगरानी, कट एन्ड सर्च, एम्बुस, रिजर्भ, नियमित चेक प्वाइन्ट ड्यूटी, मापसे चेकिङमा प्रहरी खटाइने छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal