आज :

लुहान्स्क, डोनेट्स्क, खेरसन र जापोरिजिया रुसका भूभाग भइसके कसैले पाइला टेके युद्ध हुन्छः पुटिन

  • अनलाइन डबली

काठमाडौँ । रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार क्षेत्र रुसमा गाभिएको घोषणा गर्दै ती क्षेत्रको सुरक्षा गर्ने प्रतिबद्धता समेत जनाएका छन् । शुक्रबार मस्कोमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति युक्रेनका लुहान्स्क, डोनेट्स्क, जापोरिजिया र खेरसन क्षेत्र रुसमा गाभिएको घोषणा गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै पुटिनले ती क्षेत्रमा बसोवास गर्ने मानिसहरूले रुसमा गाभिने चाहना व्यक्त गरेको भन्दै ती क्षेत्र रुसी महासङ्घको नयाँ क्षेत्र भएको समेत बताए । ती क्षेत्रका सुरक्षा जिम्मा रुसी सेनाले लिने बताउँदै पुटिनले कसैले पाइला टेके युद्धको घोषणा हुने संकेत समेत गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

कार्यक्रममा रुसले त्यस क्षेत्रमा नियुक्त गरेका चार जना अधिकारीहरूले विलयसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । कार्यक्रममा राष्ट्रपति पुटिनले सोभियत सङ्घलाई पुनःस्थापित गर्न नखोजेको तर रुसी भूमीको रक्षा गर्ने समेत बताए ।

सन् १९९१ मा सोभियत सङ्घ विघटनपछि युक्रेन देशको रूपमा उदाएको थियो । गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमा विशेष सैन्य कारवाही सुरु गरेको थियो । राष्ट्रपति पुटिनले रुसले सबै तरिकाबाट आफ्नो नयाँ भूभागको बचाउ गर्ने र ती नयाँ क्षेत्रहरूमा सुरक्षा बढाउने बताएका छन् । पुटिनले रुसी राजनीतिज्ञ र सेनाको भेला समेत गरेका छन् । उनले युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ताको टेबुलमा फर्किन आह्वान पनि गरेका छन् ।

भतर संयुक्त राष्ट्रसङ्घ, युक्रेन र उसका साझेदारहरूले ती जनमतसङ्ग्रहलाई गैरकानुनी भन्दै आलोचना गरेका छन् । तर, सो क्षेत्रका नागरिकले ९९ प्रतिशत मत रुससँग गाभिने पक्षमा व्यक्त गरेका थिए ।

रुसले लुहान्स्क र डोनेट्स्कलाई सैन्य कारवाह सुरु गर्नुको तीन पहिले नै स्वतन्त्र जनगणराज्यको मान्यता दिइसकेको थियो भने खरसन र जापोरिजिया कारवाही सुरु गरेको केही हप्तामै रुसी सेनाले कब्जामा लिइसकेको थियो । युक्रेनको यी क्षेत्र सामरिक हिसाबले निकै महत्वपूर्ण रहेका छन् । यी क्षेत्र गुमाउनु भनेको युक्रेनको लागि ठूलो क्षति हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal