आज :

काठमाडौं हत्याकाण्ड घटेको २ हप्तापछि प्रहरीलाई मिल्यो पहिलो सफलता, १ महिला सहित ३ जना पक्राउ

  • अनलाइन डबली

काठमाडौँ । मोहम्मद दर्जी उर्फ लाल मोहम्मद ह त्यामा संलग्न आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये २ पुरुष र एक महिला रहेका छन् ।

गोठाटारमा असोज ३ मा लाल मोहम्मदलाई गोली हान्ने सुटर सहित ३ जनालाई पक्राउ गरिएको एकजना उच्च प्रहरी अधिकृतले बताए । घटनाबारे अनुसन्धान गर्न एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको थियो ।

आरोपीहरु पक्राउबारे जानकारी दिन जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ दुइ जनाले गो ली हानेर भागेका थिए ।

ह त्याको योजना भारतिय नागरिक नितेन मदनले बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । तीनवटा गोली लागेका मोहम्मदको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राति नै मृत्यु भएको थियो ।

गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ सञ्चालन गर्दै आएका मोहम्मदको ह त्या उपत्यकामा यसअघि भएका केही शृंखलाबद्ध ह त्याको घटनासँग मेल खाने प्रकृतिको भएको प्रहरीको दाबी छ ।

मोहम्मद नक्कली भारतीय नोटको कारोबारी भएकाले पनि उनीमाथि भारतीय आपराधिक समूहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । उसो त उनी यसअघि २०६४ मा अनामनगरस्थित धोवी खोलामा बाराका बलराम पटुवालाई गोली हानी हत्या गरेको घटनामा संलग्न अपराधी हुन् ।

सो हत्या प्रकरणमा उनी १० वर्ष जेल सजाय भुक्तान गरेर छुटेका थिए । भारतीय नक्कली नोटको कारोबारीमाथि भएको हत्याको घटनामा संलग्न हत्यारासम्म भने प्रहरी अझै पुग्न सकेको छैन । भारतीय नागरिक मिर्जा दिलसाद बेगको पनि काठमाडौंको सिफलमा १५ असार २०५५ मा गोली हानी ह त्या भएको थियो ।

२४ भदौ २०६३ मा उनीमाथि अज्ञात समूहले सिनामंगल खरिबोटमा गोली प्रहार गरेको थियो । उनको उपचारका क्रममा दुई दिनपछि सिनामंगल अस्पतालमा मृत्यु भएको थियो ।

कमल ह त्याको अनुसन्धानमा खटिएका प्रहरीले कमल रोजगारीको सिलसिलामा मलेसिया बस्दा भारतविरोधी गतिविधिमा सक्रिय रहेको भन्दै भारतीय आपराधिक समूहले गोली हानेको आशंका गरेको थियो ।

उनी मलेसिया बस्दा जोखिम देखेर नेपाल आएको खुलेको छ । तर, उनको हत्यारासमेत अझै पत्ता लागेको छैन । उनी पछि २४ माघ २०६६ माघ सञ्चार उद्यमी जमिम शाहको हत्या भएको थियो ।

नक्कली नोट कारोबारमा संलग्न रहेको आरोपमा भारतबाट आएका सुटरले जमल घण्टाघर नजिन उनलाई गो ली प्रहार गरेका थिए ।

जमिम हत्यामा संलग्न सुटरसमेत अझै पक्राउ परेका छैनन् । भारतको आपराधिक समूहले नक्कली कारोबारी युनिस अन्सारीमाथि समेत कारागारभित्र गोली प्रहरी गरेको थियो ।

भारतीय नक्कली नोटको कारोबार अभियोगमा सुन्धारा कारागारभित्र हुँदा गो ली प्रहार भएको थियो । कुख्यात अपराधी जसजित सिंह भनिने मनमित सिंह भाटियाले २६ फागुन २०६७ मा बाराका युनिस अन्सारीमाथि ६ राउण्ड गोली प्रहार गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal