आज :

युक्रेनका चार क्षेत्र आजबाट रुससँग गाभिँदै, यी क्षेत्रमा हमला भए रुसले युद्धको घोषणा गर्ने

  • अनलाइन डबली

काठमाडौं । जनमतसंग्रहको फैसला अनुसार युक्रेनका चारक्षेत्र आजबाट रुससँग औपचारिक रुपमा विलय हुँदैछन् । जनमतसंग्रहमा रुससँग गाभिने वा युक्रेनसँगै रहने भन्ने मत माग्दा ८७ देखि ९९.२४ प्रतिशतले रुससँग गाभिने पक्षमा मत हालेका थिए । रुसको आज बस्ने संयुक्त बैंठकमा राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले चारवटा क्षेत्र आफ्नो देशमा गाम्भे प्रस्ताव पेश गर्ने तयारी गरको छन् । संसदले पास गरेपछि राष्ट्रपति पुटिनले पूर्वको लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरिजिया र खेरसनलाई आफ्नो देशमा गाभ्ने घोषणामा हस्ताक्षर गर्ने राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले जानकारी दिएका छन् ।

लामो समयदेखि युक्रेनसँग अलग हुनुपर्ने माग राख्दै यी क्षेत्रका नागरिकहरु विद्रोहमा थिए । लुहान्स्क र डोनेट्स्कमा त स्थानीय सरकार जनगाणराज्य संचालनमा थिए । रुसले विशेष सैन्य कारवाही सुरु गर्नुअघि यी दुई क्षेत्रलाई अलग राज्याको मान्यता दिएको थियो भने जापोरिजिया र खेरसन सैन्य कारवाहीपछि रुसी सेनाले कब्जामा लिएका थिए । रुससँग आफूलाई गाम्न औपचारिक पत्र लेख्दै स्थानीय अधिकारीहरुले पाँच दिनसम्म जनमत संग्रहको लागि मतदान गराएका थिए । रुसी संचारमाध्यमहरुका अनुसार ९९ प्रतिशत नागरिकको मतको रुसले सम्मान गर्ने बताएका छन् ।

रुसी संचारमाध्यमहरुका अनुसार आज राष्ट्रपति कार्यालयमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति पुटिनले विशेष सम्बोधनसहित युक्रेनका चार वटा क्षेत्र गाभ्ने घोषणामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि साङ्गीतिक कार्यक्रमसहित कन्सर्टको आयोजना गरिएको बताइएको छ ।

अब यी क्षेत्र रुसको भूभाग भएका छन् । यहाँ युक्रेन वा अन्य देशले हमला गरे रुसमाथिको हमला हुनेछ । यहाँका सबै युक्रेनी नागरिक अब रुसका नागरिक भएका छन् । उनीहरुलाई नागरिकता वितरण गरिनेछ । चार वटा क्षेत्रमा युक्रेनबाट सम्भावित हमलालाई परास्त गर्न आदेशसहित रुसले सैनिक थप गरेको छ ।

उता अमेरिकासहितका देशहरुले भने जनमत संग्रहलाई विरोध जनाउँदै उक्त क्षेत्र युक्रेनकै भएको दाबी गरेका छन् । नेटो र ईयूले आठौं चरणको प्रतिबन्धको तयारी गरिरहेको बीबीसीले जनाएको छ । तर रुसले यस्ता प्रतिबन्धले आफूलाई कुनै फरक नपर्ने बरु ती देशहरुको कदम आफ्नै नागरिक विरुद्ध हुने बताउँदै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal